अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०३:१४ | Colorodo: 15:29

डा.गोविन्द केसीको समर्थनमा दमकमा पनि विरोध प्रर्दशन

बिआरटीनेपाल २०७४ साउन २६ गते ४:४४ मा प्रकाशित

अनसनरत डा. गोविन्द केसीको माग र उहाँको जिवन प्रति सरकार गम्भिर नबनेको भन्दै आज झापाको दमकमा पनि यसको विरोध गरिएको छ । चिकित्सा क्षेत्रका विभिन्न माग राखेर विगत केहि साता यता अनसन बस्नु भएका केसीको सर्मथनमा याहाँस्थित आम्दा अस्पताल, लाइफ लाइन अस्पताल, एडभान्स अस्पताल लगायतका चिकित्सक तथा विदयार्थीहरु मौन विरोध जनाएका छन ।

दमक गणतन्त्र चौकमा मौन उभिएर सरकारले केसीको मागप्रति तत्तपर्ता नदेखाएकोमा विरोध गरेका हुन । केसीको मागलाई समर्थन गर्दै सरकारलाई दवाव दिने र केसीको जीवन रक्षाको मागगदै मौन विरोध प्रर्दशन गरिएको सो अभियानका संयोजक उमेश खनालले जानकारी दिनुभयो । चिकित्सा क्षेत्रका विभिन्न विषयहरुको सुधार माग गर्दै कसी ११ औ पटक अनसन बसेको आज १८ दिन पुगेको छ ।

 

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू