अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २२:२५ | Colorodo: 10:40

चरित्रहत्या कमजोर मानसिकताको पराकाष्टा : डा. केशब पौडेल

के सी शेर, अष्टिन २०७४ साउन २५ गते १६:५९ मा प्रकाशित

अनलाइन पोर्टलमा प्रकाशित समाचारप्रती एनआरएन अमेरीकाका अध्यक्ष डा. केशब पौडेलले खेद प्रकट गर्दै खण्डन गर्नुभएको छ ।राष्ट्रपुकार नामको अनलाइन पोर्टलमा प्रकाशित समाचारप्रती आफ्नो ध्यानाकर्षण भएको र समाचारमा उल्लेखीत मिरा श्रेष्ठलाई आफुले नचिनेको स्पष्ट पार्नुभएको छ ।

जुन तरिकाले कपोकल्पीत र भ्रामक तथा झुठो समाचार आएको छ त्यसप्रती मेरो घोर आपत्ती छ डा. पौडेलले टेलिफोनमा भन्नुभयो- “समाचार कमजोर मानसिकताको पराकाष्टा हो ।” चरित्र हत्या गर्ने किसिमले आएको सो समाचारमा सत्यता नभएको बताउंदै डा. पौडेलले समाचारको सत्यता पुष्टी गर्न चुनौती समेत दिनुभयो । सोमबार राष्ट्रपुकार अनलाइनमा चुनाव हार्ने भएपछि डा. पौडेलको घृनित खेल भन्ने शिर्षकमा कपोकल्पीत र भ्रामक समाचार प्रकाशित भएको थियो ।

सो समाचारकी पात्र मिरा श्रेष्ठले पनि डा. पौडेलसंग आफ्नो कुनै प्रकारको सम्बन्ध र चिनजान समेत नभएको पुष्टि गरेकी छिन् । एनआरएन अमेरीकाकी उपाध्यक्ष तथा अध्यक्षकी प्रत्यासी रबिना थापाको ठगि सम्बन्धी समाचार सामाजिक संजालमा फैलिएपछि सो समाचार फैलाउन डा. पौडेलको हात रहेको र डा. पौडेलले ति मिरा श्रेष्ठलाई आर्थिक प्रलोभनमा पारेको भन्ने अर्थको समाचार आएपछि डा. पौडेलले त्यसको कडा प्रतिबाद गर्नभएको हो । डा. पौडलेको चरित्र हत्या गर्ने मनसायले सो समाचार आएको र आफुले डा. पौडेललाई नचिन्ने मिराले स्पष्ट पारिन् ।

डा. पौडेलले व्यक्तिगत रुपमा चरित्र हत्या गर्ने किसिमले आएको समाचार प्रति खेद प्रकट गर्दै यसमा संलग्नको पहिचान गरिसकेको तथा आगामी दिनमा यस्ता भ्रामक समाचार आए कानुनी उपचार खोज्ने स्पष्ट पार्नुभयो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू