अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०६:०४ | Colorodo: 18:19

तिज मौलिक पर्व हो महोत्सव हैन- नगेन्द्रमणि न्यौपाने, दमक

बिआरटीनेपाल २०७४ साउन २५ गते ६:५७ मा प्रकाशित

विशेष गरेर नेपाली हिन्दुनारी हरुले परम्पराबाट नै मनाउदै आइरहेको हरितालिका तिज धार्मिक आस्थासँग जोडिएको नेपालको एउटा आदिमककालबाट चल्दै आएको मौैलिक धार्मिक परम्परा हो । जुन पर्व भित्र आफनै किसिमका मर्म र भावनाहरू संस्कारित हुँदै आएका छन् । नेपाली हिन्दु नारीहरूले पूर्वीय दर्शन अनुसार अनादीकाल बाट नै यो पर्व मान्दै आएको प्रमाणहरु हिन्दु धर्मग्रन्थहरुमा पाउन सकिन्छ । यो पर्वलाई आरध्य देव भगवान् शिव र पार्वतीको जीवन लिलाबाट शुरुभएको मान्यता रहदै आएको छ । हिमालय पुत्रि पार्बतीले भगवान् शिवलाई पति बनाउने ब्याग्र त्यो आफ्नो इच्छा पुरा हुन नसकेपछि यो ब्रत बसेको कथा प्रशस्त सुन्न र पढन पाइन्छ । अनादिकालमा सतिदेविले आफ्नो देहत्याग गरेपछि भावविहोल बनेका भगवान् शिवलाई आफ्नो पति बनाउन पाउ भन्ने मनशायबाट पार्वतीले पनि यो ब्रत बसेको कृष्ण पक्षको तृतिया तिथिलाई हरितालिका तिजका रूपमा संस्कारित हुँदै आएको पाइन्छ । यही मान्यताबाट संस्काररित हुँदै कयौ वर्षदेखि नेपाली नारीहरूले यो दिन अतिनै निष्ठा पूर्वक कठोर निलाहार ब्रर्त बस्ने चलन रहदै आएको छ ।

यो पर्वको दितिया तिथिका दिन विबाहित चेलीहरु माइत आउने र मध्यरातमा दर खाने चलन समेत रहेको छ । अघिल्लो दिन राती दर खाएर तृतियाका दिन भोलिपल्ट दिनभर निलाहार बसी भगवान् शिवको सम्झना गर्दै पूजा पाठ गरेर ब्रत बस्ने चलन रहेको छ । यो ब्रर्तमा विवाहित महिलाहरूले आफ्नो पतिको दीर्घायुको कामना गर्छन् भने अविवाहित नारीहरूले असल पति पाउ भन्ने कामनाका साथ ब्रत बस्ने चलन रहदै आएको छ । दिनभर पानी पनि नखाई ब्रत बसेर साँझ अर्गदिएपछि फलाहार ग्रहण गर्ने गरिन्छ । हुन त यो कथाले नारीले भनेको जस्तो पुरुष पाउने ब्रत तपस्या गर्नुपर्ने भन्ने सवाल पनि उठन सक्छ । तर यसले नारी र पुरुष बिचमा देखिएको अन्तरबस्तुलाई केही हद सम्म नजिक्याउ पनि खोजेको पाइन्छ । यति सम्मपनि भन्ने गरिएको छ यो त एउटा पुरुष प्रधानदेशमा नारीमाथि जवरजस्त लादिएको बाध्यता हो । तर यसलाई यति सजिलो व्याख्या गर्नुभन्दा यो पर्वले हाम्रो समाज, राष्ट्र र जगतलाई दिने प्रभाव सन्देश महत्त्व पूर्ण हुनजान्छ । अहिले आएर नारीहरू आफै सक्षम बन्दैगएको वर्तमान अवस्थामापनि यदि त्यसो जसो थियो भने किन तिनै बिद्धाननारीहरु अहिले पनि यो ब्रत बसिरहेका छन् । कुनै पनि कुरालाई हल्ला ढङ्गले लिनु भन्दा यसको विस्तृत अध्यायन र अनुभव गरिनु अतिनै आवश्यक हुन्छ र त्यो व्यावहारिक पक्षपनि हो । त्यसैले तिज मात्र हैन यस्ता हाम्रा मौलिक परम्परा भित्रका चाँड पर्वहरुको संरक्षण गर्न अतिनै आवश्यक छ ।

यो पर्वको सामाजिक पक्ष
हुन त यो पर्व विशेष गरेर कुनै खास जाति र समुदायभित्र मात्र मान्ने चलन रहेको भए पनि यसको सामाजिक पक्ष भने राम्रो रहेको छ । लामो समय देखि विछोडीएका माइतीहरु सँगको भेटघाट यसको एउटा रमाइलो पक्ष मान्न सकिन्छ । लामो समयदेखि आफन्त र सँगै जन्मि हुर्किगरेका साथी संगीहरु सँग भेट हुन नसकेकाहरुले समेत यो पर्वमा माइत आउने जाने अनि परिवार र साथी संगी सँग भेट घाटगरि बसेर मिठो मसिनो खाने गरिन्छ । पछिल्ला दिनहरूमा यसको महत्त्व झन् झन् बडदै गएको छ । यो पर्वमा केही दिन यता आएर कुनै जाती विशेष भन्दा पनि सबै जाती वर्ग र समुदायका मानिसहरूले पनि यो पर्व मनाउने चलनको विकाश हुँदै आइरहेको छ । लामो समय देखि भेट घाट हुन नसकेका चेली माईती अनि आफना साथी संगीहरुको भेटघाटकालागि पनि यो पर्वलाई उत्तम अवसरका रूपमा हेरिने ग्िरन थालेको छ । यो पर्वले नितान्त एक घर परिवार भन्दा पनि एउटा सिङ्गो समाजको फरक किसिमबाट सन्देश दिइर्हेको छ । यो व्रतमा साथी संगीहरु एकै थलोमा भेला हुने अनि भजन कृतन तथा नाँँच गान गरी उत्तिनै उल्लासका साथ मनाउन थालिएको छ । यसले एकातिर आफ्नो मौलिक परम्पराको रक्षा गरेको छ भने अर्का तर्फ समाजिक सदभाबलाई पनि प्रगाढ बनाउँदै लगिरहेको छ ।

यस पर्वमा जन्मिएका खराब पक्षहरू
धार्मिक परम्परासंग जोडिए मौलिक पर्वका रूपमा मानिदै आएको यो चाँडभित्र पछिल्ला दिनमा आएर ठुलो नकारात्म प्रभाव पर्र्दै जान थालेको छ । हिजो सम्म सामाजिक सदभाब र आपसी भाइचाराको राम्रो माध्यम बनेको यो पर्व अहिले हुँदा खाने र हुने खानेका बिचको अन्तरलाई फराकिलो बनाउँदै छ । कतिपयले त अहिले यो पर्वलाई आफ्नो हैसियतको मापन गर्ने थलोका रूपमा समेत लिन थालेका छन् । महंगा पोशाक देखि लाखौँ मूल्यका गहना प्रदर्शीनीकालागि एउटा अवसरका रूपमा समेत विकाश हुँदै गएको छ । यसरीनै तिज पर्वमा गाउने गरिएका पौरारीणक करुणाका गीतहरुमा समेत परिवर्तन हुँदै गएको छ । अहिले यो मौलिक परम्पराको रक्षा, सम्बर्धन र प्रर्बधन भन्दा पनि तिजलाई एउटा व्यावसाय गर्ने थलोका रूपमा पनि लिन थालिएको छ । तिज सम्बन्धीका गीत गाउने प्रचलनमा समेत आमूल परिबर्त हुँदै समाज र सस्कृतीको रक्षा भन्दा पनि विचनतिर प्रवेश गरेको पाइन थालेको छ ।

संस्कार र सस्कृतीको रक्षा कसरी गर्ने भन्दा पनि यो पर्वलाई टेकेर आफू कसरी चर्चामा आउने भन्नेमा कलाकारहरू पनि उद्धत रहेको पाइएको छ । यति सम्म मौलिम परम्पराको धज्जी उठाउदै आफ्नो व्यावसायठान्ने कलाकारहरू पनि अहिले यो पर्वको मर्मलाई कुण्ठित गरिरहेका छन् । पछिल्लो समयमा आएर यो पर्व भित्र वास्तविक पर्व भन्दा पनि महोत्सवको झल्को दिने गरी विकाशीत हुदैगएको छ । विशेष गरेर हिन्दुहरुले मान्दैआएको आरध्यदेब भगवान् शिव जसलाई लाखौँ हिन्दुहरुले दैनिक उपसना गरिरहेका हुन्छन् यसलाई समेत विर्सिएर धज्जी उडाउने काम समेत भइरहेको छ । कसैलाई पाई चाइयो अरे त कसैलाई व्याइ फ्रेण्ड अनि कसै कसैले त नाङै हिन्न पाउ भन्न समेत शिव जी या त शिवालय सम्म पुगेर तिजको भिडियो तयार गरेका छन् । मलाई जहाँ सम्मलाग्छ भगवान् भन्ने बस्तु आस्था सँग जोडिएको विषय हो जस ले जे मागो तेहि दिने सामथ्र्य सायद भगवान् शिव संगपनि छैन होला । तर पछिल्ला दिनहरूमा हाम्रो समाजमा भए गरेका कार्यहरुले नत त्यो आस्थालाई नै बचाउन सकेको छ, नत हाम्रो मौलिक परम्परालाई गौरबबिलो बनाउन दिएको छ । यो कस्तो मज्जाको विषय बन्दै गयो तिज आखिर किन ?

प्रतिक्रिया