अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०८:५३ | Colorodo: 21:08

जिल्ला रेडक्रस झापाद्वारा प्रकृतिक प्रकोप जोखिम न्युनिकरणका लागि विभिन्न कार्यक्रम

बिआरटीनेपाल २०७४ साउन २२ गते ८:०८ मा प्रकाशित

दमक, नेपाल रेडक्रस सोसाइटी झापा शाखाले झापा र इलामका विभिन्न स्थानहरुमा प्रकृतिक प्रकोप जोखिम न्युनिकरणकालागि विभिन्न कार्यक्रमहरु गर्दै आइरहेको छ । रेडक्रसले कन्काई बाढि पूर्व सुचना प्रणाली परियोजना स्थापना गरेर झापा र इलाममा कार्यक्रमहरु गर्र्दै आइरहेको हो ।

पूर्वाञ्चलको दोस्रो ठुलो नदि कन्काईको बाढी बाट हुन सक्ने संभावित जोखिम न्युनिकरणका लागि प्राक्टिकल एक्सनको प्राविधिक सहयोग र अमेरिकी नागरिकहरुको संस्था (यू एस ए आइ डी)को आर्थिक सहयोगमा इलामको ७ स्थानमा रहेका बर्षा मापन र कन्काईको बाढी मापन केन्द्रको स्तर उन्नतिको काम गरिरहेको परियोजना संयोजक हरिचरण खडकाले जानकारी दिनुभयो । यस्तै परियोजनाले कन्काई नदि तथा इलामका संचालित बर्षा तथा बाढी मापन केन्द्रको सु्चनालाई झापा जिल्ला प्रशासन कार्यालयको जिल्ला आपतकालिन कार्य संचालन केन्द्रमा २४ सै घण्टा सुचना उपलब्ध गराउदै आइरहेको छ । यसैगरि ति केन्द्रहरुबाट प्राप्त सुचनाको आधारमा कन्काई नदिको बाढी मापन कार्य समेत गर्र्दै आइरहेको छ ।

यसरी नै कन्काई नदिको जलमापनमा ३ दशमलब ७ मिटर माथि पानीको स्तर पुगेमा कन्काई नदि आसपासका बस्ति तथा समुदायहरु र सराकोकार बालाहरुलाई नेपाल टेलिकम र एनसेल मार्फत मुवाइलमा सुचना प्रवाह गर्ने देखी साइरन बजाउने काम पनि गर्ने गरेको खड्काले बताउनु भयो । यस्तै कन्काई नदिको जलस्तरमा ४ दशमलब २ मिटर माथिपुगे यसलाई खतरा मानेर चेतावनी स्वरुप साइरन बजाउने मुबाइलमा एस एम एस मार्फत प्रभावित क्षेत्रका समुदायहरुलाई सुरक्षित स्थानमा जान आग्रह समेत गर्ने गरिएको खडकाले जानकारी दिनुभयो । यो परियोजनाले संचालित कार्यक्रमहरुको स्थानीय स्तरमा सवैकाम गदै आइरहेको छ ।

शरणामतीको टप्पुमा सुरक्षीत आश्रय भवन र पुल निर्माण
यसैगरि रेडक्रसले कन्काई बाढीको जोखिमा परेका तथा विस्तापितहरुका लागि १ सय ५० मानिसहरु बस्न मिल्नेगरि साविका शरणामति ८ टप्पु हाल झापा गाउँ पालिका ७ स्थित एकतल्ले दुइकोठाको सुरक्षित पक्कि आश्रय घर पनि निर्माण गरेको छ । जिल्ला शिक्षा कार्यालय झापा, रेडक्रस झापा शाखा र अभियान नेपालको करिब २४ लाख रुपैयाको आर्थिक सहयोगमा भवनको निर्माण गरिएको हो ।

यसरी नै वर्षाको समयमा कन्काईको बाढिबाट उच्च जोखिमका क्षेत्रहरु शरणामतीको टप्पु, उराव वस्ति र नयाँ बस्तिका सर्वसाधारणहरुलाई आपतकालिन अवस्थामा सहज उद्धारकालागि कन्काईको भंगालो (सानो कन्काईं)मा स्थानीयहरुको जनश्रमदान बाहेक करिब १३ लाख रुपैयाको लागतमा फलामे पुलको समेत निर्माण गरेको छ । यो परियोजना अन्र्तगत इलामका साविक ५ वटा गाविस र झापाका साविक २  नगर पालिका सहित ६ वटा गाविसहरुका कार्यक्रम संचालन भइरहेको नेपाल रेडक्रस सोसाइटि झापा शाखाका अध्यक्ष लोकराज ढकालले जानकारी दिनुभयो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू