अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १९:५२ | Colorodo: 08:07

झापा र मोरङका भुटानी शरणार्थीद्वारा शरणार्थी समस्याको दिगो समाधानका लागि आग्रह

बिआरटीनेपाल २०७४ साउन २२ गते ७:५५ मा प्रकाशित

पूर्वी नेपालको झापा र मोरगंका विभिन्न शिविरहरुमा शरणागत भुटार्नी शरणार्थीहरुले शरणार्थी समस्याको दिगो समाधानका लागि नेपाल सर्कार र सरोकारवाला निकाय गम्भीर भइदिन आग्रह गरेका छन् । भुटानी शरणार्थी शिविर व्यावस्थापन समिति झापा मोरगंको अयोजनामा भुटानी शरणार्थी आवाजले आज झापाको दमकमा आयोजना गरेको पत्रकार सम्मेलनका सहभागी शरणार्थी अगुवाहरुले यस्तो बताएका हुन ।

सहभागिहरुले करिब अढाइ दशकदेखि भुटानी शासकले शरणार्थी बन्न बाध्य बनाएका करिब डेढ लाख भुटानी नागरिकहरूको भविष्य अन्यौल बनेको मोरगं शनिश्चरे क्याम्प व्यावस्थापन समितिका सचिव चम्पासिंह राइलेले बताउनु यभो । पछिल्लो एक दशक यता आएर करिब १ लाख बढी सङ्ख्यामा शरणार्थीहरु तेस्रो देश पुर्नवास भइसकेका र अहिले पनि शिविरमा करिब १० हजारको हाराहरीमा शरणार्थीहरु रहेको बताए । त्यसमा पनि केही शरणार्थीहरु तेस्रो देश पुर्नवासको प्रक्रियामा रहेको पनि उनीहरूले बताए । तर शिविरमा रहेका धेरै शरणार्थीहरुको परिवारीक बिछोड, शरणार्थी परिचय पत्रपाउन बाँकी रहेका र स्वदेश फर्कन चाहनेहरुको सङ्ख्या पनि तेतिकै रहेकाले यो समस्याको दिगो समाधानका लागि नेपाल सरकार गम्भीर बनिदिन बेलडाँगीका क्याम्प सचिव टिकाराम रसाइलीले बताउनु भयो ।

उनीहरूले शरणार्थीहरुलाई सहयोग गर्र्दैआएको राष्ट्र सङ्घीय उच्च आयोग युएन एच सीआरले पछिल्ला दिनहरूमा दिँदै आएको सहयोग कटौतीबाट जनजिवन थप कष्टकर बन्दै गएको गुनसो समेत गरे । उनीहरूले बाच्न पाउनु पर्ने न्यूनतम मानवीय आधारभूत आवश्यकता भन्दा कम हुदैगएको शरणार्थी अगुवा भीम गुरुङ्गले गुनासो गर्नुभयो । कार्यक्रममा हिजो नेपाल सरकार, भुटान सरकार दाता विचभएको ५ बुँदे सहमति अनुसार एउटा मात्र ढोका खुल्ला गरिएको उनीहरूले आरोप समेत लगाएका छन् । तेस्रो देश पुर्नवासमात्रले शरणार्थी समस्याको दिगो समाधान नहुने भएकाले बाकी रहेका स्वदेश फिर्ती, स्थानीय करण, अन्तराष्ट्रियकरण दर्ता प्रक्रियालाई समेत एक साथ अघिबढाउनु पर्ने समितिका सल्लाहकार राजमान गुरुङ्गले बताउनु भयो ।

भुटानी शासकले खेदिएका शरणार्थीका सन्तानहरु जो शिविरमा नै जन्मिएर हुर्किए उनीहरूले समते डेढलाख बढी भुटानी शरणार्थीहरुको पहिचान र अतित्वनै सङ्कटमा परेको भुटानी युवा मञ्च शनिश्चरेका संयोजक यामकुमार राईले गुनासो गर्नुभयो । शरणार्थी समस्याको दिगो समाधानको माग गर्दै यस अघिपनि शिविरहरुमा विभिन्न कार्यक्रमहरू हुँदै आइरहेको शरणार्थी अगुवा युवराज साम्पाङ्ग ले जानकारी दिनुभयो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू