अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २०:५८ | Colorodo: 09:13

एन.आर.एनए पोर्चुगलको उपाध्यक्षमा अल्गार्भबाट शरद चन्द्र शाहीको दाबेदारी 

बिआरटीनेपाल २०७४ साउन २१ गते ०:०८ मा प्रकाशित

गैर-आवासीय नेपाली संघ पोर्चुगलको आसन्न छैठौ महाधिबेसनको मिति घोषणा भए लगत्तै एनआरएनए ,पोर्चुगलको नेतृत्व कसले गर्ला भन्ने जिज्ञासा र चासो आम पोर्चुगलवासी तथा पोर्चुगल बाहिरका नेपाली समुदायमा एकाएक बढेर गएको छ ।गैर-आवासीय नेपाली संघ,पोर्चुगलको छैठौ महाधिबेशन आगामी २०१७ सेप्टेम्वर १० तारिक राजधानी लिस्वनमा गर्ने निर्णय गरिएको छ ।

पछिल्लो समय कस-कसको उमेद्वारी आउला भन्ने नेपाली समाजमा चासो बढिरहेको बेलामा शरद चन्द्र शाहीले अल्गार्भ क्षेत्रबाट प्रतिनिधित्वो गर्दै  केन्द्रमा उपाध्यक्षमा उमेद्वारी दिने निर्णय आफ्नो अधिकारिक फेसबुकबाट सार्बजनिक गरेका छन्। शाही बिगतका ४ वर्ष देखि सक्रिय रुपमा एनआरएनए,पोर्चुगलको अल्गार्भ क्षेत्रमा सचिब र उपाध्यक्ष पदमा रहेर नेपाली समुदासंग नजिक भएर  काम  गरिसकेका व्यक्ति हुन्।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू