अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १५:४९ | Colorodo: 04:04

पोर्चुगलमा सिसेक्पा तङनाम मनाईयो

बिआरटीनेपाल २०७४ साउन १९ गते २०:४५ मा प्रकाशित
 नेपालका आदिवासी किराती लिम्बु जातिहरुको महान चाड सिसेक्पा तङनाम राजधानी लिस्वनमा एक भब्य सास्कृतिक कार्यक्रम सहित मनाईयो  । किरात याक्थुङ्ग चुम्लुङ्ग,पोर्चुगल मुख्य आयोजक रहेको उक्त कार्यक्रममा पोर्चुगलमा वसोवास गर्ने लिम्बु तथा अन्य नेपाली समुदायहरुको वाक्लो उपस्थिति रहेको थियो ।
ढोलक,खैजडी र सुन्दर किराती भेषभुषामा सजिएका कलाकारहरुले आफ्नो परमपरागत किराती वाजा सहित नृत्य प्रस्तुत गरेका थिए ।
किरात याक्थुङ्ग चुम्लुङ्ग,पोर्चुगलका अध्यक्ष रिपुजङ लिम्बुको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा रुकमान केरुङ्ग द्वारा स्वागत मन्तब्य तथा  दिपा लिम्बुले कार्यक्रम संचालन गरेकी थिइन ।
बिभिन्न किसिमका परिकारहरु सहित एक आपसमा सुभकामना आदान प्रदान गरि मनाइएको उक्त कार्यक्रममा एनआरएनए,पोर्चुगलका कार्यवाहक अध्यक्ष शम्भु गौतम लगायतका अन्य संघ संस्थाका प्रतिनिधिहरुको उपस्थिति रहेको थियो ।
हरेक वर्ष साउने सक्रान्तिका दिन मनाईने यो चाड बिशेष गरि नेपालका पूर्वी भागमा बसोवास गर्ने किरात धर्मावलम्बीहरुमा प्रचलित छ ।आजबोली यो चाड विश्वका बिभिन्न ठाउहरुमा मनाउने गरिन्छ ।
कार्यक्रमको अन्त्यमा अध्यक्ष रिपुजङ निलेखुले उपस्थित सम्पूर्ण महानुभावहरु लाई सस्थाको तर्फबाट मन्तब्य सहित धन्यवाद दिएका थिए ।
प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू