अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १२:३३ | Colorodo: 00:48

देश फर्किनुछ ठुल्दाइ

गौतम सागर राइ २०७४ साउन १९ गते २०:२३ मा प्रकाशित

ठुल्दाइ यो वर्ष त
देश फर्किनुछ
आफ्नै जन्म भूमिको
माटोमा छ , सपना
यही कल्पिएको हजार
कल्पनामा लेकको
पाखाभरी छरिएको
पारिलो घाँम सँग
सेकाउनुछ ओसिएका
मनहरू ,
फुलाउनुछ पखेराहरुमा
रातो गुरास जस्तै
केही रहर
हो ठुल्दाइ देश फर्किनुछ ।

चौतारीको बर ,पिपलले
सोधिरहेको हुनु पर्छ
बटुवाहरु लाई
साथी संगी अनि गोठालो
खेतलाहरु लाई
बेशिखेत पिडामा होला
बाझो नचिरिएको
कॉची माटो बन्नु पर्दा
अब फुटाउनुछ माटोको
भकानो ,बनाउनुछ कुलो
रोप्नुछ बेशिखेत
लगाउनुछ आत्मियताको पर्म्
हो ठुल्दाइ
यो वर्ष त देश फर्किनुछ ।

प्रतिक्रिया