अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १८:४७ | Colorodo: 07:02

यसकारण डा. केशव पौडेललाई मेरो भोट

के सी शेर, अष्टिन २०७४ साउन १८ गते २२:२९ मा प्रकाशित

हुन त म गैर आवासीय नेपाली सङ्घ (एनआरएन) अमेरिकाको साधारण सदस्य बनेको लामो इतिहांस छैन, आसन्न निर्वाचनमा दोस्रो पटक मतदान गर्न लागेको छु । अध्यक्ष पदका उम्मेद्धारहरुबीच भन्दा पनि उम्मेद्धारहरुका पछौटेहरुको दोहोरी देखेर मेरो पनि व्यक्तिगत बिचार पस्किन मन लागेर यो आलेख तयार गरेको हुँ । मेरो लागी अध्यक्षका सबै उमेद्धारहरु सम्माननिय हुनुहुन्छ गैर आवासीय नेपालीहरूका लागी केही न केही गर्नु भएकै छ एनआरएनका अभियन्ता हुनुहुन्छ अमेरिकाको नेपाली समाजमा परिचित हुनुहुन्छ तर यस पटक पनि मेरो भोट डा. केशव पौडेललाई नै हो । मेरो भोट किन डा. पौडेललाई भन्ने प्रश्नका थुप्रै उत्तरहरु छन् त्यस मध्ये केही यहाँ उल्लेख गरेको छु । पहिलो कुरा एनआरएन अमेरिकालाई यती ठुलो र बृहत्तर बनाउन डा. पौडेलको देन महत्त्वपूर्ण छ (मैले अरूको देन छैन भन्न खोजेको होइन) उनले दुई वर्षको कार्यकाल गर्छु भन्दाभन्दै धेरै कामहरू बाँकी रहे अव आगामी कार्यकालमा ती कामहरू पुरा गरेर एनआरएन अमेरिकालाई अझै समृद्ध बनाउछु भन्दा दुई वर्षका लागी किन उनलाई छोड्न नसक्ने ?

अर्को कुरा वर्तमान कार्यसमिति निर्वाचित हुनेबित्तिकै नेपालमा महाभुकम्प गएपछि सबैको ध्यान त्यतातिर गयो दुई वर्षे कार्यकालको केही समय त्यता गयो भने भूकम्पपछिको उद्धारका लागी नेपाल गएको अध्यक्ष डा. पौडेल सहितको टोली नेपालबाट अमेरिका फर्किनेबित्तिकै फर्जि मत सम्बन्धी मुद्धामा अल्झिनुपर्यो यसले समय भन्दा पनि मानसिक रूपमा केही गरौँ भन्दा झस्काइरह्यो । यसका बाबजुत पनि यो कार्यसमितिले केही राम्रा कार्यक्रमहरूको स ुरुवात गरेको छ ती कार्यक्रम सहित थप कार्यक्रमहरुलाई पुरा गर्न मेरो नेतृत्व थप एक कार्यकाल आवश्यक छ भन्दा डा. पौडेललाई थप एक कार्यकाल किन नदिने त ? जो जो सँग डा. पौडेलको आगामी कार्यकालका लागी प्रतिस्पर्धा हुँदैछ भनिएको छ उनीहरू सँगै डा. पौडेलको इतिहास केलाएर हेरौं अनि नेतृत्व गर्न सक्ने को रहेछ आफ्नै मनलाई सोध्नुस उत्तर मनले दिनेछ । अर्को कुरा समाजसेवा दिनलाई जाने हो लीनलाई होइन त्यसैले म सबै तवरबाट सक्षम छु भनेर डा. पौडेलले स्पष्ट पारिसकेपछि उनको समाजसेवाप्रतिको मोह झल्किएको बेला थप एक कार्यकाल किन नेतृत्व गर्न नदिने त ?

हामी अमेरिकामा बसिरहेका छौँ अमेरिकामा प्राय राष्ट्रपति दुई पटक भएका छन् दुई पटक भन्दा बढी हुन पाउने प्रावधान नै छैन त्यस्तै डा. पौडेलले पनि जिवनभरी अध्यक्ष भइराख्छु भनेका त हैनन् फेरी एक कार्यकाल अर्थात् दुई वर्ष अध्यक्ष हुन्छु र एनआरएन अमेरिकालाई थप योगदान दिन्छु भनेका हुन त्यस कारण पनि थप दुई वर्ष किन अध्यक्ष नचुन्ने ? डा. पौडेलले केही गरेन र गर्न सक्दैन भन्नेहरु हो तिमीहरूले अगाडी सारेका उम्मेद्धारले पनि काम गर्न सक्छ भन्ने के ग्यारेन्टी छ ? म ठोकुवाका साथ भन्छु दुई वर्षको यो छोटो अवधिमा कोही माइकालाल आएपनि केही गर्न सक्दैन कागजी योजना बाहेक । त्यही भएर पनि डा. पौडेलको थप एक कार्यकाल आवश्यक ठानेको छु । अर्को कुरा डा. पौडेललाई आइसीसीमा जाऊ यहाँ बाटो खाली गरिदेउ भन्नेहरु हो डा. पौडेलको उमेर छ क्षमता छ केही गर्ने आँट छ आइसीसीमा दुई वर्ष पछि गएपनि हुन्छ, दुई वर्ष एनआरएन अमेरिकालाई थप सशक्त र समृद्ध बनाउन चाहन्छु र अमेरिकाको नेपाली डायस्पोरालाई केही योगदान दिन चाहन्छु भनेकोले मेरो भोट डा. पौडेललाई हो ।

डा. पौडेलको दोस्रो कार्यकाल आफ्नै लागी पनि परीक्षा हो परीक्षा पास गरेर अर्को ठाउँमा पुग्छु भन्दा पनि किन परीक्षा दिनलाई रोक्न खोजिदैछ ? डा. पौडेललाई विश्वास छ कि बाँकी कामहरू सकेर एनआरएन अमेरिकालाई सबल र समृद्ध बनाउछु भन्ने, त्यसैले मेरो भोट डा. पौडेललाई हो । म अझै गहिरो तरिकाले जान खोजीन यी र यस्तै थुप्रै कुराहरू छन् जसले डा. पौडेललाई नै भोट दिनुपर्ने बनाउछ । यो आलेख तयार गरिरहँदा अध्यक्षका अन्य प्रत्यासी दाइ दिदीलाई नसम्झेको होइन तपाईहरु प्रति मेरो हार्दिक सम्मान छ तर पनि एनआरएन अमेरिकालाई अझै बलियो, समृद्ध र सबै नेपालीहरूले अपनत्व जनाउन सक्न्े बनाउन डा. पौडेललाई मेरो भोट हो ।

sknews2011@gmail.com

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू