अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २०:४५ | Colorodo: 09:00

धन्य भानु

डन कार्की २०७४ साउन १८ गते २२:२३ मा प्रकाशित

भाषा हाम्रो प्राण भन्दा प्यारो
सारा नेपालीको धडकनलाई छुने
नेपाली हाम्रो भाषा रमाइलो
जसले जोड्छ मेची काली र तराई- हिमाल ।

भानु तिमीले बोल्यौ ठेट भाषा
लेख्यौ नेपालीको मनछुने रामायण
बाध्यौ नेपालीलाई एक सूत्रमा
रामायणका मन मुग्ध मन्त्रमा ।

कवि त थिए पहिले अनेकौँ
अरू त प्राय जन्मे अनि मरे
तर तिमीले नेपाली मनको मर्मलाई छुने
नेपाली भाषालाई अमर बनायौं ।

तिम्रो आज स्वदेशमा मात्र होइन
प्रवासमा समेत छ तिम्रो पहिचान
चार जात छत्तिस वर्ण जोड्न
भानु तिम्रो छ भाषिक योगदान ।

झुकेनौं हामी कहिल्यै पनि
बाह्य सम्रिध्य सस्कृतिको लहैलहैमा
नेपाली आज एक ढिक्का हुन्छौं
आफ्नो भाषा र भेष वचाउनमा ।

भानु आज नेपाली भाषा
अनि पहिचान कहाँ छुपेको छ र
धन्य भानु तिम्रो योगदान
विश्व मानचित्रमा कहाँ लुकेको छ र ।

प्रतिक्रिया