अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ११:३० | Colorodo: 23:45

पोर्चुगलमा तिज कार्यक्रम भव्य रूपमा मनाउने तैयारी

बिआरटीनेपाल २०७४ साउन १८ गते १४:३६ मा प्रकाशित

सबै नेपाली नारीहरूलाई एकै ठाउँमा नाच्न समाजको अनुरोध

वाईवि तमु , लिस्वन , २ अगस्ट २०१७ – विशेषत: हिन्दु धर्मावलम्वी नेपाली नारीहरूको महान् चाड हरितालिका तिज नजिकिदै गर्दा पोर्चुगलमा बसोबास गर्ने नेपाली नारीहरूमा पनि यसको कौतुहलताले छोएको छ ।
नेपाली नारी समाज,पोर्चुगलले पोर्चुगलका नेपाली नारीहरूको छमछमी नाच्ने वर्ष दिनको अभिलाषा पुरा गरिदिने भएको छ ।

आगामी २०१७ अगस्ट २० तारिक राजधानी लिस्वन स्थित मार्टिममुनिज ,पार्कमा,दिनको १ बजे देखि बेलुका १० बजे सम्म आयोजना गरिएको हरितालिका तिज कार्यक्रममा सम्पूर्ण पोर्चुगल वासी नेपाली नारीहरूलाई एकैठाउमा जम्मा भएर धित मर्ने गरी नाच्ने चाजोपाजो मिलाइएको कुरा नारी समाजकी अध्यक्ष सीता बरालले जानकारी दिनु भएको छ ।

परम्परागत शैलीबाट आधुनिकतामा ढल्किदै गएको तिज चाड पछिल्लो समय निक्कै भड्किलो तथा महँगो बन्दै गएको छ । रातो सारी, सिरमा शिरवन्दि, कानमा झुम्का, हातमा हरियो चुरा, गालामा पाउडर,आखामा गाजल, नेपाली नारीहरूको सुन्दरताको बयान सायदै गरेर सकिँदैन । हिन्दु पौराणिक कथन अनुसार आफ्ना पतिको दीर्घायुको कामना स्वरूप ब्रत बस्ने,घरकी चेली माइती फर्कने, वर्ष दिन सम्म भेट नभएका माइतीहरुसंग धित मरुन्जेल गफ गर्ने,नाच्ने रमाइलो गर्ने घरमा भोगेका दुख, पिर र रागहरुलाई गीत मार्फत पस्केर मन हलुङ्गो पार्ने परम्परालाई आजको परिवर्तित जमानाले पुरै ओझेल परेको छ ।

प्रवासमा बसेर नेपाली धर्म सस्कृति र परम्परालाई आत्मसाथ गर्ने परिपाटीको निरन्तरताका लागि नेपाली नारी समाज,पोर्चुगलले विगत देखि यो कार्यक्रम आयोजना गर्दै आएको छ । सम्पूर्ण पोर्चुगल वासी नेपाली नारी दिदी वैनीहरुलाई उक्त कार्यक्रममा उपस्थित भई आफ्नो मनको धोको पुग्ने गरी नाच्न नारी समाज पोर्चुगलले सबैलाई अनुरोध समेत गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू