अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १४:२९ | Colorodo: 02:44

कार्यकारी उपाध्यक्ष पदका( EVP) उम्मेदवार, शिव विष्टको प्रेस बिज्ञप्ति

बिआरटीनेपाल २०७४ साउन १८ गते १४:२७ मा प्रकाशित

आदरणीय दाज्यु भाइ तथा दिदी बहिनिहरू
हार्दिक नमस्कार !

अमेरिकाको दक्षिण–पूर्वी राज्यहरूमा बस्ने नेपालीहरूका प्रतिनिधिमूलक सशक्त सङ्गठन नेप्लिज एशोसियसन इन साउथ इष्ट अमेरिका (नासा) को आगामी अधिवेशन नजिकिदै गइरहेको यहाँहरुमा सर्व बिदितै छ । आगामी सेप्टेम्बर ३ मा नयाँ कार्यसमितिका लागि निर्वाचन हुँदै छ । सोही निर्वाचनका लागि मैले आफ्नो इच्छा अध्यक्ष पदमा सार्वजनिक गरेको थिए त्यसै अनुसार मैले यहाँहरु माँझ आफ्नो कार्य योजना र सहयोगका लागि अनुरोध पनि गरेको थिए ।संस्थामा रहनु भएका मित्रहरुको आग्रह , सुझाव र मेरै इच्छाले संस्थाको नेतृत्व लिन अग्रसर भएको थिए ! मैले नासामा महासचिवका हैसियतले जति गरे त्यो यहाँहरुसमक्ष जग जाहेरै छ र आगामी दिनमा पनि गरिहने छु । यतिखेर हामीले संस्थाको गरिमालाई उच्च पार्दै सामाजिक क्रियाकलापमा हातेमालो र सबैको भावनालाई कदर गरी सबैलाई समेट्दै लैजानु पर्ने आवश्यकता महसुस गरेको छु ! हरेक सस्थामा सबैपक्षको उत्तिकै भूमिका हुन्छ ।

अत , मलाई अध्यक्षपदमा प्रस्ताव गर्ने सबैलाई पुन एक पटक धन्यवाद दिँदै यस पटक म आफू वरिष्ठ उपाध्यक्ष पदमा रही मेरो समर्थन अध्यक्ष पदका अर्का प्रत्याशी मेरा प्रिय मित्र माधव ढकाल लाई रहने सबैलाई जानकारी गराउँदछु । साथीहरूले पनि यसै अनुरूप सहयोग गर्नुहुनेछ भन्ने आशा गरेको छु । अन्त्यमा सम्पूर्ण मतदाताज्युहरुलाई आफ्नो अमूल्य मत प्रदान गरी विजय गराउनु हुन समेत हार्दिक अनुरोध गर्दछु !

शिव विष्ट
वर्तमान महासचिव
कार्यकारी उपाध्यक्ष पदका( EVP) उम्मेदवार

प्रतिक्रिया