अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २१:४१ | Colorodo: 09:56

NASeA र ANMA संयुक्त सम्मेलनमा कविता र निबन्ध प्रतियोगिता हुने

बिआरटीनेपाल २०७४ साउन १८ गते १४:२२ मा प्रकाशित

आगामी सेप्टेम्बर १ देखि ३ तारिखसम्म नर्थ क्यारोलाइनाको Charlotte सहरमा हुन गइरहेको नेपलिज एसोसिएसन्स इन साउथइस्ट अमेरिका (NASeA) र एसोसिएसन्स अफ नेपलिज इन मिडवेस्ट अमेरिका (ANMA) को १३ औँ संयुक्त सम्मेलनमा अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (INLS), NASeA र ANMA को सहकार्यमा विविध साहित्यिक कार्यक्रमका साथ कविता प्रतियोगिता हुने भएको छ । प्रतियोगिता बाल समूह र खुल्ला समूह गरी दुई समूहमा गरिने र ‘बाल कविता प्रतियोगिता’ अन्तर्गत माध्यमिक तहसम्मका स्रष्टाहरूलाई र ‘खुल्ला कविता प्रतियोगिता’अन्तर्गत सबै इच्छुक स्रष्टाहरूलाई समावेश गरिने कुरा आयोजकले जनाएका छन् ।

अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज नर्थ क्यारोलाइना च्याप्टरका अध्यक्ष्य मनोज प्रधानका अनुसार जन्मभूमि छाडेर विश्वका विभिन्न भू-भागलाई आफ्नो कर्मभूमि बनाएका परदेशी नेपालीहरूको कथाव्यथा समेट्ने अभिप्रायले यसपालिको खुल्ला कविता तर्फ ‘डायस्पोरामा नेपाल‘ विषय चयन गरिएको कविताको शीर्षक प्रतियोगीले आफुखुशी चयन गर्न सक्नेछन्। बाल कवितातर्फ भने विषयवस्तुको कुनै बन्देज छैन। आफ्नो कविता पठाउँदा बाल वा खुल्लातर्फ कुन समूहको हो स्पष्ट पारी पठाउन सबै स्रष्टाहरुमा अनुरोध गरिएको छ। प्रतियोगिता सम्बन्धी नियमहरूको लागि यसैसाथ संलग्न लिंकमा हेर्न अनुरोध गरिएको छ ।
http://jointconvention.org/naseaanma-inls/

यसै गरी सम्मेलनमा स्कुल लेवलका विद्यार्थीहरूका लागि उत्तर अमेरिकाव्यापी निबन्ध प्रतियोगिता पनि आयोजना आयोजना गर्न लागिएको छ । Elementry , middle School र high school समुहा गरी तीन समूहका लागि छुट्टा छुट्टै थिममा गर्न लागिएको प्रतियोगितामा सहभागी हुन चाहने प्रतियोगी विद्यार्थीहरूले अगष्ट ७, २०१७ सम्ममा निर्णायक मण्डलका सदस्यहरूलाई आ-आफ्नो निबन्ध बुझाइ सक्नुपर्ने कुरा प्रतियोगिताकी संयोजक डाक्टर सुषमा प्रधानले बताउनुभयो । प्रतियोगिता सम्बन्धी विस्तृत विवरणको लागि : http://naseaonline.org/?page_id=3282

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू