अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०९:२२ | Colorodo: 21:37

स्कुलबाटै अपहरणमा परेका ५ बर्षिय बालक बिशाल चौधरीको सकुशल उद्धार

बिआरटीनेपाल २०७४ साउन १६ गते ४:०२ मा प्रकाशित

गत बिहिवार स्कुल परिसरबाटै अपहरणमा परेका ५ बर्षिय बालक बिशाल चौधरीको शकुशल उद्धार गरिएको छ । राजधानीको सोह्रखुट्टे स्थित पकनाजोलको सरस्वती बोडिङ स्कुलबाट अपहरणमा परेका बालक विशाल चौधरीको सोमबार भक्तपुरको काँडाघारीबाट उद्धार गरेको हो ।

युकेजीमा पढ्दै गरेका ति बालक स्कुल छुट्टी भएपछि स्कुल गेटबाट बाहिर निस्केका थिए । उनलाई एकजना ब्यक्तीले आफ्नो वाईकमा राखेर लगेको स्कुलको सिसिटीभी क्यामेरा फुटेजमा देखिएको थियो । जसका आधारमा बालकाको बुबाको स्टाफले नै उनको अपहरण गरेको अनुमान गरिएको थियो । तर यसबारे प्रहरीले अनुसन्धान गरेपनि ति ब्यक्तीलाई पक्राउ गरेको थिएन ।

प्रहरीले बालकको शकुशल उद्धार गरेपनि बालक अपहरणकारीका बारेमा सार्वजनिक गरिसकेको छैन ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू