अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०२:११ | Colorodo: 14:26

भरतपुरमा फेरी मतदान गर्ने सर्वोच्चको आदेश

बिआरटीनेपाल २०७४ साउन १६ गते ३:३७ मा प्रकाशित

सर्वोच्च अदालतले भरतपुर महानगरपालिकाको वडा नम्बर १९ मा फेरि मतदान गर्न आदेश दिएको छ । निर्वाचन आयोगले आवश्यक अनुसन्धान र प्राप्त प्रमाणका आधारमा पुनः मतदान गर्ने निर्णय गरेपछि वडा नम्बर १९ का एमालेका वडा सदस्य उम्मेद्वार गुञ्जमान विक र अधिवक्ता तुलसीराम पाण्डेले च्यातिएका मतपत्र बदर गरी बाँकी मत गणना गर्न माग गर्दै सर्वोच्चमा गत जेठ २१ गते रिट दायर गरेका थिए । रिटमाथि सुनवाई गर्दै न्यायाधीशहरु ओमप्रकाश मिश्र र पुरुषोत्तम भण्डारीको इजलासले निर्वाचन आयोगको निर्णय सदर गर्दै फेरि चुनाव गर्न आदेश दिएको हो ।

सर्वोच्चको निर्णयमा भनिएको छ, “निर्वाचन सम्पन्न गराउने क्रममा मतदानस्थल, मतगणनास्थलको साथै निर्वाचन कार्यमा प्रयोग हुने सामग्री र संरक्षणतर्फ विशेष ध्यान पुर्याउन जरुरी हुन्छ। अब उपरान्त आफ्नो दायित्वतर्फ विशेष रुपमा सचेत रहि सुरक्षा लगायत जो चाहिने व्यवस्था गर्नु गराउनु भनि निर्वाचन आयोगका नाममा निर्देशनात्मक आदेश समेत जारी हुने ठहर्छ।”

गत बैशाख ३१ गते भएको निर्वाचनको मतगणनाका क्रममा माओवादी केन्द्रका प्रतिनिधिले ९० वटा मतपत्र च्यातेपछि भरतपुर महानगरपालिकाको मतगणना स्थगित भएको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू