अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०१:४८ | Colorodo: 14:03

कोलोराडोमा डा. योगीको प्रबचन कार्यक्रम हुने

बिआरटीनेपाल २०७४ साउन १४ गते १८:१२ मा प्रकाशित

विआरटी नेपाल सम्बाददाता, कोलोराडो ।
रक्की माउन्टेन फ्रेन्डस अफ नेपालको आयोजनामा यही अगस्त ५ तारिख शनिवार बिहान १० बजे वेष्टमिन्स्टर स्थित याक एन्ड एती रेस्टुरेन्टमा डा. चिन्ता मणी योगीको प्रबचन कार्यक्रम हुने भएको भएको छ । उक्त कुराको जानकारी रक्की माउन्टेन फ्रेन्डस अफ नेपाल अध्यक्ष विनोद त्रिपाठीले बिआरटी नेपाललाई दिनु भएको हो । कार्यक्रमको प्रत्यक्ष प्रसारण बिआरटी नेपाल डट कमको फेसबुकबाट गरिने भएको छ ।

डा. योगी नेपालमा मानव मूल्य र मान्यता युक्त शिक्षा आन्दोलनका संस्थापक हुनुहुन्छ । उहाँ मानव मूल्यका पाँच तत्वहरू सत्य, प्रेम, शान्ति, निस्स्वार्थ सेवा र अहिंसाको महत्त्व र त्यसलाई कसरी हाम्रो जीवनमा अङ्गीकार गर्ने भन्ने बारेमा नेपाल लगायत विभिन्न देशमा शिक्षा दिँदै हिड्नुहुन्छ।

संस्कृतमा अब्बल मानिएका डा. योगीले योगा र आन्तरिक ज्ञानवारे गहिरो अध्ययन गर्नुभएको छ । उहाँ शरीर, योगा र आन्तरिक ज्ञानलाई वैज्ञानिक दृष्टिकोणबाट राम्रोसँग व्याख्या गर्न सक्नुहुन्छ । हासो तथा ठट्टा गर्दै निकै मिलनसार तवरले ज्ञान दिने उहाँको तरिका अत्यन्त प्रभावकारी मानिन्छ । उहाँको शिक्षा दिनै शैलीलाई शालिन, गहन, पूर्ण, प्रेमपुर्वक, प्रयोगात्मक, वैज्ञानिक, संयमित, आत्मविश्वासी, खोजमुलक, खुला, परिवर्तनशिल आदि भनेर व्याख्या गर्ने गरिन्छ । उहा सबै धर्म, सस्कृति, भाषा, भौगोलिकता आदिका मान्छेहरूलाई उत्तिकै सम्मान गर्नु हुन्छ ।

प्रतिक्रिया