अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०४:४१ | Colorodo: 16:56

चिट्ठी भानु जयन्तीलाई

तुलसा कार्की २०७४ साउन १३ गते २२:०४ मा प्रकाशित

जीवनका पानाहरूमा कोरिएका छन्
अनगिन्ती बेदनाहरु
त्यही भित्र रुमालइंदै छन्
हरेक पलका यादहरू
आफ्नो यात्रामा हिंडी रहेकी छु
हिँड्दा हिँड्दै
म त उजाड मरुभुमीमा हराई सकेछु
कहीँ कतै बाट आभास छैन
यो यात्रा कहाँं टुङ्गिन्छ
कहीँ कतै बाट सन्देश आएन
यो यात्रा कति कठिन छ

त्यसैले,
समयले टाढा पुर्याए पनि
सम्झनाको दीप बली रहोस्
ब्यस्थता र बाध्यताको परिस्थितिले
सधैँ जेलि रहे पनि
मायाको दीप बली रहोस्
यात्राको गोरेटो सांघुरो भए पनि
मिलनको आशा फराकिलै छ ।

सकसले वेदना उर्लिएका छन्
भावना त्यसै बहकिएका छन्
मश्तिष्कमा स्मरण रह्यो भने
यो गोरेटोले मलाई
त्यतै तिर डोर्यायो भने
कवि गोष्टिको ढोका ढक्-ढक्याउने छु
भनु जयन्तीमा आउने छु
कष्टकर क्षणले चस्काएका
सारा ब्यथाहरु सुनाउने छु ।

प्रतिक्रिया