अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०७:२१ | Colorodo: 19:36

सरस्वतीको रक शैलीको तीज गीत सार्वजनिक

बिआरटीनेपाल २०७४ साउन १२ गते १८:४६ मा प्रकाशित

काठमाडौँ– पप गायिका सरस्वती लामाले पहिलो पटक गाएको रक शैलीको तीज गीत ‘यसपालिको तीज पनि रक मै जम्ने भो’ को म्युजिक भिडियो सार्वजनिक भएको छ । प्रायः लोक शैलीका तीज गीतहरू सुनिरहेका स्रँेता तथा दर्शकले सरस्वतीको स्वरमा नौलो शैलीको तीज गीत सुन्न पाएका हुन् । गायिका लामाले यो तीज गीतमा अत्याधुनिक वाद्ययन्त्रहरु प्रयोग गरेकी छिन् । 

‘ओए शिव शम्भो, लामो साडी लगाऊ“दा जिउमा गरम भो, नलगाउ“दा झनै सरम भो’ जस्ता शब्दहरू समावेश गरिएको उक्त गीत परम्परागत तीज गीत भन्दा फरक छ । गायिका लामाले यो गीतमा महिलाका पीडा तथा वेदनालाई समेटिकी छैनन्, उल्टो छोटा पहिरन तथा डिस्कोका कुरा गरिएका छन् । टंक बुढाथोकीद्वारा संगीतबद्ध उक्त गीतको म्युजिक भिडियोलाई विक्रम चौहानले निर्देश्ँन गरेका हुन् । युवराज खत्री यो गीतका छायांकार तथा सम्पादक हुन् । भिडियोमा गायिका सरस्वती लामा, रिना, विपना, निशा, मल्लिका, सुनिता, बाबुराम तथा कमलले अभिनय गरेका छन् ।

यस्तो छ भिडियो:

प्रतिक्रिया