अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १९:४४ | Colorodo: 07:59

बलत्कारमा दोषी पाईएका १ सय १४ जनालाई न्युयोर्क शहरबाट पक्राउ

बिआरटीनेपाल २०७४ साउन १२ गते १८:१३ मा प्रकाशित

मानछिरिङ्ग तमाङ न्यूयोर्क । अमेरिकी इमिग्रेसन एण्ड कस्टम इन्फोर्समेन्टआईसीईले बलत्कारमा दोषी पाईएका एक इक्वेडोरियन नागरिकसहित १ सय १४ जनालाई न्युयोर्क शहरबाट पक्राउ गरेको छ ।

११ दिनसम्म आईसीईले अवैध आप्रवासी विरुद्ध गरेको कारवाहीका क्रममा उनीहरूलाई पक्राउ गरिएको जनाइएको छ । शनिबार सकिएको कारवाहीमा फरार रहेका तथा अमेरिकी आप्रवासन कानून तोड्नेलाई पक्राउ गरेको आईसीईले जनाएको छ । पक्राउ पर्नेमा एकपटक देश निकालामा परेर पनि पुनः अमेरिका छिरेका आप्रवासी पनि छन् ।

पक्राउ पर्नेमा ८२ जना यौन अपराध, लागूऔषध दुरुपयोगलगायतका अपराधमा दोषी प्रमाणित भइसकेका तथा १५ जना दोषी प्रमाणित नभइसकेका अभियुक्त रहेका आईसीईले जनाएको छ ।

पक्राउ पर्नेमा जबरजस्ती शारीरिक हिंसा तथा डकैतीको अभियोग लागेका जमैकाका नागरिक तथा बालकको हत्यामा संलग्न मेक्सिकन नागरिक समेत रहेका छन् ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू