अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १३:५७ | Colorodo: 02:12

डिना वाङ्देल, मेरो स्मृति पटलमा- विजय थापा

बिआरटीनेपाल २०७४ साउन १२ गते ९:२३ मा प्रकाशित

अमेरिकामा रहेता पनि दक्षिण एसियाको कला तथा संस्कृतिलाई विश्व सामु चिनाउने चर्चित इतिहासविद डिना वाङ्देल हामी बिच अब रहिनन् l उनले हामीलाई सदाको लागि यो दुनियाँ छोडेर गएता पनि उनले गरेका असल कामको मूल्याङ्कन विश्वले गर्ने छ l उनी मरेर गए पनि उनी अमर रहन्छिन l

उनले कति काम गरेकी छिन् र को हुन् भन्ने यकिन मलाई थिएन l मेरो सौभाग्य थियो कि उनीसँग मेरो सन् २०१२ को मे महिना देखि सम्पर्क हुन् पुग्यो l र ४ पटक जति स्वर्गीय डिना वाङ्देलसँग मेरो प्रत्यक्ष भेट हुने अवसर मिल्यो l त्यो पनि आफू अमेरिकामा सामजिक संस्थासँग आबद्ध भएकोले उनीसँग केही कुराहरू राख्ने मौका पाए l

यसै गरी दुई चार पटक आफूले एक संस्थाको जिम्मेवार पदमा काम गर्ने अवसर पाएकोले बिधुतिय डाक (इमेल )गरे l आफू पनि डिसी महानगर क्षेत्रमा बसोबास गर्ने भएकोले भर्जिनिया कम्मनवेल्थ विश्व विद्यालय रिचमण्ड (भर्जिनियाको राजधानी )अध्यापन गर्ने भएकोले भेट्ने साईत जुर्यो l

सन् २०१२ टेक्सस ड्यालसमा सम्पन्न एएनए सम्मेलनमा उनीलाई एएनए हिरो २०१२ बाट सम्मानित गर्ने भए पछि उनलाई सम्पर्क गर्ने जिम्मा मेरो पोल्टोमा परेको थियो l दुई चार पटक पत्राचार आदान प्रदान भयो l र एकै चोटि भेटघाट गर्ने तय भयो l सन् २०१२ को एएनए सम्मेलनमा जुलाई ४ को सप्ताहमा उनीलाई सम्मान गरियो l २०१२ टेक्सस ड्यालस मा सम्पन्न एएनए सम्मेलनका संयोजक व्यवसायी पासांग लामा थिए भने तत्कालीन अन्तिरम अध्यक्ष छेवांग शेर्पालामा थिए l अध्यक्ष लामाको हातबाट उनलाई सम्मान गरिएको थियो l एएनए संस्था गरिमामय भएकोले आफूले उक्त सम्मान स्वीकार गरेको बताउनु भएको थियो l डिसी क्षेत्रका साहित्यकार वसन्त श्रेष्ठले पनि वहाको योगदान बारेमा चर्चा गरे पछि सम्मनित हुनु भएको थियो l

उनलाई नेपालको कला र साहित्यका को साथै उनले लेखेका पुस्तक मार्फत बुद्धलाई विश्वमा चिनाउने काम गरेको योगदान प्रति सम्मान गरिएको थियो l सम्मान गर्नु अगाडी स्व डीनाले म सँग गुनासो पोखिन l मलाई माथि को आदेश अनुसार आज्ञा पालन गर्दै उनले उद्घाटन कार्यक्रम मै केही आफ्नो प्रस्तुति देखाउने रहेता पनि उद्घाटन कार्यक्रममा रद्ध गर्नु अवस्था देखिएकोले मैले त्यो कुरा भने l

स्व डिना वाङ्देलले भर्जिनियाबाट आधिकारिक रूप मै बिदा स्वीकृत गराएर टेक्सस पुगी र तयारी भएको अवस्थामा सबै कुराहरू नहुँदा म सँग निकै रिसाउनु भयो l आफू त्यसो भए सम्मानमा पनि किन आउनु पर्‍यो भन्दै मलाई दुखेसो पोख्दै आक्रोस पनि हुनु भयो l तत्कालीन समयमा आफू पनि एएनए संस्थामा स्वयम् सेवक रूपमा पदाधिकारी भएकोले मैले स्व डिना वाङ्गदेल लाई उत्प्रेरणा गरी छाडे l

डिना जी को श्रीमान् पनि सँगै हुनु हुन्थ्यो l मैले हात जोडेर हाम्रो व्यवस्थापनबाट गल्ती भएको स्वीकार गरे l कारण उदघाटन कार्यक्रममा भए भरकालाई भाषण छाट्नु पर्ने भएकोले उनी जस्ता होनहार चम्किलो ताराको हामीले कुरा सुन्न पाएनौ l अहिले मलाई थकथक लागेको छ l 

हामी भाषण र शुभकामनामा ज्यादै समय व्यतित गर्ने हुनाले त्यो मौकाबाट बन्चित भयौ l ३ दिन सम्मेलनको क्रममा भेट भई रह्यो र कुराकानी हुँदा आफूले गरेका योगदान र अन्य कुरामा पनि भन्नु भयो l सम्मान लिन गएको डीनालाई भर्जिनिया कम्मनवेल्थ विश्व विद्यालयले नै ब्यहोरेकोले मलाई खर्चपानी संस्थाले केही दिनु पर्दैन भन्नु भयो l वहासँग मैले पनि त्यो समयमा नेपाली भाषा बिशुद्ध रूपमा छक्क पनि पर्नु हुँदै प्रशंसा पनि गर्नु भएको थियो l वहाको श्रीमान् पनि दङ्ग पर्नु भएको थियो l

पुन एक पटक डिसी क्षेत्रको कुनै कार्यक्रममा भौतिक रूपमा भेट हुँदा कतारको चर्चा गर्नु भएको थियो l भर्जिनिया कम्मनवेल्थ युनिभर्सिटी कतारकी कला इतिहासकी निर्देशक पनि भएकोले केही कुराहरू सुनाउनु भयो l कतारमा विश्व विद्यालयमा यति ठुलो भएको र त्यसमा पनि महिला चेली देखे पछि कतार मा रहेका नेपाली दाजुभाइ आएर हौसला दिएको भन्नु भएको मलाई अहिले जस्तो लाग्दछ l कतारबासी नागरिकले पनि नेपालीहरू यति ठुलो पदमा पुग्न सक्दछन भन्ने कुरा नसोचेको पनि डिनाले बताउनु भएको थियो l नेपाली समुदायहरू दङ्ग पर्दै हाम्रो तपाईँ सान हुनु हुन्छ र तपाईँ हाम्रो गौरव भनी मलाई नेपाली दाजुभाइले भन्नु हुँदा कति आत्मियता लागेको कथा सुनाउनु भएको थियो l

संयोगबस डिना वाङ्देल र म सामाजिक सञ्जाल (मुहार पुस्तिका )मा साथी पनि छौ l चिनेको हुनाले हामी यसरि सम्पर्क पनि हुन् सकेका थियौ l हाम्रो परिचय भएको ५ वर्ष २ महिना मात्र कायम रहन सक्यो l अप्रत्याशित निधनले हामी रोएका छौ l मे महिना २०१२ देखि जुलाई २५ ,२०१७ तारिखमा दुखद समाचारले सबैलाई आश्चर्य बनाई दिएको छ l

डिना वाङ्देल सरल र सामान्य भएकोले वहाका एक शुभ चिन्तकका अनुसार वहाको ईक्षा अनुसार नै व्यक्तिगत दाह संस्कार गर्नु भन्ने भएकोले सम्भवत आफ्ना नजिकका परिवारलाई मात्र संलग्न गराउने पनि हुन् सक्ने छ l एरो नेपाल ट्राबलका सञ्चालक राकेश तुलाधरले केही हप्ता आफूले डीना बाङ्ग्देल सँग अस्पतालमा गएर भेट गरेको स्मरण गर्दै अल्पायुमा निधन भएकोमा कल्पना पनि गर्न सकिँदैन भने l

नेवा : अर्गनाइजेसन अफ अमेरिका (एनओए ) का पूर्व अध्यक्ष राम लाल श्रेष्ठले डिना वाङ्देलको स्मरण गर्दै अपूरणीय क्षति भएको बताए l भर्जिनियाको राजधानी रिचमण्डमा बस्ने भएकोले डिसी क्षेत्रमा स्थापित कला र संस्कृतिको जगेर्ना गर्ने उद्देश्य बोकेका संस्था का कार्यक्रम अन्तर्गत नेवा : अर्गनाइजेसन अफ अमेरिका (एनओए ) को १० औ वार्षिक उत्सवमा मेरिल्याण्डमा उनले गरेको योगदानलाई सम्मान गरिएको पूर्व अध्यक्ष राम लाल श्रेष्ठले स्मरण गराए l

स्व डिना लाई एनओए का पूर्व अध्यक्ष राजेश श्रेष्ठको सभापतित्वमा अमेरिकाका लागि नेपाली राजदूत शङ्कर प्रसाद शर्मा(बिद्या वारिधि )ले सम्मान गर्नु भएको थियो l

प्रतिक्रिया