अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १३:५९ | Colorodo: 02:14

दलित महिलाबारे राज्यले दिएको सेवा सुविधा पाउनबाट बन्चित हुन हुँदैन – उपमेयर थापा

बिआरटीनेपाल २०७४ साउन १२ गते ४:०२ मा प्रकाशित

दलित महिला संघले बुधवार नेपालगन्जमा सरोकारवाला निकायसंग परियोजना परिचयात्मक कार्यक्रम गरेको छ । दलित महिला संघले विगत लामो समयदेखि समाजमा भएका महिला हिंसा विरुद्ध र कु संस्कारका विरुद्धमा आवाज उठाउदै आएको विषयलाई सरोकारवालालाई जानकारी गराउने उद्देश्यका साथ परिचयात्मक कार्यक्रम गरेको हो ।

महिला त्यसमा पनि दलित महिलाहरुलाई प्रथामिकतामा राखेर दलित महिला संघले समाजमा भएका कुरीटि संस्कारलाई उजागर गर्दै उनिहरुलाई सचेतना गराउदै आएको आयोजकले बताईएको छ ।

दलित महिला संघले बाँकेका विभिन्न गाविसलाई लक्षित गरि कार्य गर्दै आएको छ । परिचयात्मक कार्यक्रममा नेपालगन्ज उपमहानगरपालिकाका उपमेयर उमा थापाले राज्यबाट प्रदान गरिने रकम दलित बर्गकै उत्थान गर्नको लागि खर्च गरिनु पर्ने बताए ।

दलित महिलाबारे राज्यले दिएको सेवा सुविधा पाउनबाट बन्चित हुन नहुने उपमेयर थापाले बताए । दलित बर्गमा आएको बजेट पहुचको आधारमा वितरण भैरहेको कारण यसलाई रोकथाम गर्न महिलाहरु सक्रिय भएर लाग्नुपर्ने बताए ।

स्थानिय तहमा निर्वाचित भएर आएका जनप्रतिनिधिहरुलाई लक्षित गरि दलित महिला संघले जनचेतनामुलक कार्यक्रम गर्न जरुरी रहेको छ ।

दलित महिला संघले हरेक गाउँ टोलमा महिला संजाल गठन गरि महिला उत्थानका वारेमा जागरण अभियान चलाउने दलित महिला संघका अध्यक्ष निर्मला सुनारले बताए। २१ औं शताव्दीमा पनि महिलालाई हेपहा प्रबृत्ति कायमै रहेको बताउदै अध्यक्ष सुनारले दलित महिलालाई क्षमतावान बनाउन आवश्यक रहेको बताउनुभयो ।
महिला संघले नयाँ परियोजना लागु गरि बाँकेका विभिन्न गाविसमा काम गर्ने परि योजना ल्याएको छ ।

महिलाहरुलाई आत्मनिर्भर बनाउन बाख्रा वितरण कार्यक्रम समेत लागु गरेको अध्यक्ष सुनारले बताउनुभयो । परियोजना कार्यक्रममा विभिन्न संघ संस्थाका सरोकारवाला निकायको सहभागिता रहेको थियो ।

 

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू