अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०१:०८ | Colorodo: 13:23

भानुभक्त आचार्य र मोतीराम भट्टको स्मृतिमा सेन्टलुइस, मिजौरीमा साहित्यिक कार्यक्रम सम्पन्न

बिआरटीनेपाल २०७४ साउन १२ गते ३:५१ मा प्रकाशित

 

अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज मिजौरी च्याप्टरको  आयोजनामा आदिकवि भानुभक्त आचार्य र युवाकवि मोतीराम भट्टको संयुक्त स्मृति दिवश को अवशरमा यही जुलाई २२, २०१७ सेन्ट लुइस मिजौरीमा साहित्यिक कार्यक्रम भब्यताका साथ सम्पन्न भएको छ ।

मिजौरी च्यापटरकी अध्यक्ष उर्मिला निर्दोषीको सभापतित्वमा आयोजित सो कार्यक्रममा उपस्थित महानुभावहरुले आदिकवि भानुभक्त आचार्य र युवाकवि मोतीराम भट्टको तस्बीरमा माल्यार्पण अर्पण गरेका थिए १ सामुहिक राष्ट्रिय गान द्वारा शुभारम्भ सो कार्यक्रममा आदिकवि भानुभक्त आचार्य र युवाकववि मोतीराम भट्टको परिचय, रामायण पाठ , थुप्रै सहभागीहरूले आ(आफ्नो रचनाहरू वाचन गरेका थिए ।

सो कार्यक्रममा मिजौरी च्यापटरकी अध्यक्ष उर्मिला निर्दोषीले अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजका अध्यक्ष पदम विश्वकर्माको शुभ कामना सन्देश र वहाँको होमलेस माइकलहरु नामक रचना वाचन गर्नु भएको थियो भने सोहि संस्थाका सल्लाहकार एबम कवि बलराम पन्थीले अमेरिका नेपाल लिटरेचर एकेडेमीका अध्यक्ष तथा अनेसासका आजीवन सदस्य गोविन्द गिरी प्रेरणाले पठाउनु भएको शुभकामना सन्देश वाचन गर्नु भएको थियो ।

त्यसैगरी कार्यक्रममा भासका सचिव प्रजा धितालले बिश्व भुटानी साहित्य संगठन (टेक्सास च्यापटरका अध्यक्षले पठाऊनु भएको कार्यक्रमको सफलताको शुभकामना सन्देश साथै आफ्नो रचना पढनुभएकोथियो। कार्यक्रमको संचालन मिजौरी च्यापटरकी सचिव आस्था आचार्यले गर्नु भएको थियो भने धन्न्यवाद ज्ञापन गर्दै मिजौरी च्यापटरकी अध्यक्ष उर्मिला निर्दोषीले सभा समापन गर्नु भएकोथियो । कार्यक्रमको अत्यमा जलपानको व्यवस्था गरिएको थियो ।

 

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू