अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०२:१० | Colorodo: 14:25

NRNA अध्यक्षकी उम्मेदवार रबिना थापाको टिम सान फ्रान्सिस्कोमा

बिआरटीनेपाल २०७४ साउन १२ गते ३:१९ मा प्रकाशित

गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्यव परिषद अमेरिकाको निर्वाचनमा अध्यक्षकी उम्मेदवार रबिना थापा पूर्वी राज्यहरुका मुख्य शहरहरुमा भेटघाट र चुनावी अभियान सम्पन्न गरी फर्कनु भएको छ। लङ्ग आइल्याण्ड, न्यूयोर्क, न्यू हेम्सार र कनेक्टिकटका नेपाली समुदाय तथा अन्य संघ-संस्थाका प्रतिनिधिहरु संघ भेटघाट तथा चुनावी अभियानका विभिन्न टाउनहल मिटिङ्ग लगायत कार्यक्रम सम्पन्न गरी उत्साही भएर फर्कनु भएको हो

। सो अवसरमा पुर्वका धेरै नखुलेका र हेर्दै बसेका समाजका अगुवा र NRNA अमेरकाका मतदाताहरुले खुसी ब्यक्त गर्दै समर्थन गर्ने र इन्डोर्स गर्ने कार्य पनि भएको थियो। अब आफ्नो समावेसी, शशक्त र सक्षम उम्मेदवारहरुको टिम लिएर थापा देशको पश्चिमी शहरहरुमा प्रस्थान गर्दै हुनुहुन्छ। यसै क्रममा थापाका टिमका प्रचार र भेटघाटलाइ तिब्रता दिनको लागि सान फ्रान्सिस्कोमा जुलाई ३०, दिनको १ बजे एक भब्य चुनावी कार्यक्रमको आयोजना गरिएको कुरा कार्यक्रम आयोजकहरुकी संयोजक कल्पना रानाभाटले बताउनु भएको छ।

कार्यक्रम भब्य बनाउन कल्पना रानाभाटको संयोजकत्वमा १३ सदस्य आयोजक समिति नै गठन गरिएको छ। कल्पना रानाभाटले रबिना थापा भनेको आफ्नो कास्की देखिको साथी मात्र नभएर पहिला देखि नै नेपाली काँग्रेसको राजनितिमा पारिवारिक घनिष्ठता भएकोले पनि रबिनालाइ सघाउन पाउँदा खुसी लागेको कुरा बताउनु भएको छ।

रानाभाटले आफ्नो टिमको तर्फबाट सम्पूर्ण सान फ्रान्सिस्को बे एरियाका आम नेपाली समुदायलाइ उपस्थित भैदिएर रबिना थापा र उनका टिमका उम्मेदवारहरुको कुरा सुन्न, सुझाव, समर्थन सहयोग दिन समेत अनुरोध गर्नुभएको छ।

कायक्रममा उपाध्यक्षका उम्मेदवारहरु चर्चित लोक गायक सुमन बुढा मगर, टेक्सासको सुपरिचित भुवन आचार्य, सान फ्रान्सिस्को निवासी नारायण बन त्यसैगी महासचिवका उम्मेदवार महेश मल्ल, कोषाध्यक्षका उम्मेदवार डा प्रकाश अर्याल, लगायत बोर्ड सदस्यका उम्मेदवारहरु मोहन वाइवा (पुर्व नेपाल आर्मी मेजर, मन मोहन वाइबा), भविन्द्र शेरपुन्जा, कृष्ण जी सी, सबिन्द्र थापा, कर्ण चन्द, प्रकाश शर्मा, पुष्पलता भण्डारी, ख्याम लाल भट्ट लगायत थुप्रै उम्मेदवारहरु उपस्थित हुने कुरा बताउनु भएको छ।

यसै गरि बिशेष कारणवास नामावली प्रकाशित नभएका तर जुलाई २९ पछि नामावाली आउने क्यालिफोर्निया निवासी सचिवका उम्मेदवार टेक बहादुर लामा, महिला संयोजक उम्मेदवार इन्दिरा त्रिपाठी, क्यलिफ़ोर्निया च्याप्टर अध्यक्षका उम्मेदवार रामबाबु पाण्डे समेत लस एन्जलस देखि आएर कार्यक्रमा उपस्थित हुने कुरा बताउनु भएको छ।

सान फ्रान्सिस्कोकै बासिन्दा मध्यका क्यालिफ़ोर्निया च्याप्टरका उम्मेदवारहरु उपाध्यक्ष तुलसी चौंलागाई (निर्विरोध हुने संभावना), सचिव उम्मेदवार रोशन अधिकारी तथा अन्य उम्मेदवारहरु समेत उपस्थित हुनेछन।

कार्यक्रमबारे आयोजकहरुको  निमन्त्रणा:

 

आदरणीय बे ऐरिया बासी
दाज़ुभाई, दिदीबहिनी तथा आमाबुवाहरू सबैमा हार्दिक उपस्थितको लागी हार्दिक अनुरोध !!

यही July 30, 2017 Sunday को दिन एनआरएनए एनसीसी अमेरिकाको अध्यक्षकी उम्मेदवार रबीना थापा लगायत उपाध्यक्षका उम्मेदवारहरु सुमन बूढ़ामगर, नारायण बन, भुबन आचार्य, महासचिवका उम्मेदवार महेश मल्ल, सचिबका उम्मेदवार टेक लामा वाईबा र कोषाध्यक्षका उम्मेदवार डाक्टर प्रकाश आर्याल लगायतका उम्मेदवारहरुको उपस्थितमा बृहत चुनावी अन्तरक्रिया कार्यक्रम हुने भएकोले सम्पूर्ण बे ऐरिया बासी नेपालीहरु, बभिन्न संघ-संस्थाका प्रतिनिधि लगायत पदाधिकारी मित्रहरू, पत्रकार मित्रहरू, कलाकार मित्रहरू, उद्योग-ब्यवसायी मित्रहरू लगायत समाजको अग्रजहरू सवैलाई उक्त कार्यक्रममा उपस्थित भई यहाँहरूको अमूल्य सल्लाह, सुझाव र सहयोगको हामीहरूले अपेक्षा गरेका छौं।

यहाँहरुको सल्लाह र सुझावलाई ध्यानमा राखेर भोलीको दिनमा कार्य आगड़ी बढ़ाउन समेत सजिलो हुनेछ भन्ने आशा समेत गरेको छौ।

 

स्थान:- Lake Elizabeth Park,  Fremont Community  Centre,  Fremont CA,  94536
40204 Paseo pare Pkwy, Fremont, CA,  94536
Time :- 1 PM to 5 PM
Date :- Sunday, July 30, 2017
बिनित
कल्पना राणाभाट
(आयोजकको तर्फबाट)

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू