अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १०:२३ | Colorodo: 22:38

लोकतान्त्रिक राज्य टर्कीमा १५० भन्दा बढि पत्रकार बन्दी गृहमा

बिआरटीनेपाल २०७४ साउन ११ गते ९:१२ मा प्रकाशित

लोकतान्त्रिक गणतन्त्र राज्य मानिएको टर्कीमा १५० भन्दा बढि पत्रकारहरु बन्दी अवस्थामा रहेको बताईएको छ । विश्वभरका मुस्लिम राष्ट्र मध्य एक मात्र धर्म निरपेक्ष मुस्लिम राष्ट्र टर्कीले धर्मनिरपेक्ष अखबारमा काम गरिरहेका पत्रकारहरुलाई नै बन्दी बनाएको हो ।

आतंकवादलाई सघाएको आरोपमा बन्दी बनाईएका ति पत्रकारहरुको पूर्ण बिबरण नआएको भएपनि कुम्हुरियत पत्रिकाका मुद्दा खेपिरहेका १७ जना पत्रकार भने सार्वजनिक गरिएका छन् । आफुमाथी लगाईको आरोप झुटो रहेको दावी गरिरहेका ति पत्रकारलाई स्वतन्त्र पत्रकारितामाथी दुरुपयोग गरेको आरोपमा मुद्धा चलाईएको हो ।

टर्कीका राष्ट्रपति रेसेप तैय्यिप एर्दोआनले आफ्नो मुलुकमा जम्मा दुई जना पत्रकारमात्रै जेलमा रहेको बताए बताउँदै आएका भएपनि प्रेस स्वतन्त्रताको अनुगमन गर्ने संस्थाहरुले १५० जना पत्रकार बन्दी बनाएको दावी गरेका छन् । जुन सन्सारमै सबैभन्दा बढि पत्रकार बन्दी बनाईएको घटना हो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू