अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १०:०१ | Colorodo: 22:16

एनआरएनए पोर्चुगलको छैठौ महाधिवेशन सेप्टेम्वर १० मा-सदस्यता नविकरण म्याद जुलाई ३१ सम्म

बिआरटीनेपाल २०७४ साउन ११ गते ७:२९ मा प्रकाशित
 गैह्र आवासीय नेपाली संघ पोर्चुगलको छैठौं महाधिवेशन आगामी सेप्टेम्बर १० तारिख आईतवारका दिन पोर्चुगलको राजधानी लिस्बनमा हुने भएको छ। गैह्र आवासीय नेपाली संघ पोर्चुगल, राष्ट्रीय समन्वय परिषदको हिजो सम्पन्न बैठकले सो निर्णय गर्दै संघका अध्यक्ष भीम के सी कमलको अध्यक्षतामा १५१ सदश्यीय छैठौं महाधिवेशन मुल आयोजक समिती समेत गठन गरेको छ।
आसन्न छैठौं महाधिवेशनमा सहभागीताको निम्ती समयमै आफ्नो सदस्यता नबिकरण गराउनु हुन अथवा पहिले सदस्यता नलिएका पोर्चुगलवासी नेपालीहरुलाई आगामी २०१७ जुलाई ३१ तारिक सम्म सदस्यता लिन तथा नविकरण गर्नका लागि गैह्र आवासीय नेपाली संघ,पोर्चुगलले सार्वजनिक अपिल गरेको छ ।
आशन्न महाधिवेशनलाई मध्यनजर गर्दै गैह्र आवासीय नेपाली संघ,पोर्चुगलले “प्रत्यक्ष सार्वजनिक बहस “कार्यक्रम संचालन गर्ने तयारी समेत गरेको छ ।
प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू