अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १३:१३ | Colorodo: 01:28

साँसद खरिद बिक्रि नभए संविधान संशोधनले पूर्णता पाउँदैन – नारायणमान बिजुक्छें

बिआरटीनेपाल २०७४ साउन ११ गते ५:४८ मा प्रकाशित

नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेंले साँसद खरिदबिक्रि नभए संबिधान संशोधनले पूर्णता नपाउने बताउनुभएको छ ।  रफत सञ्चार क्लबले आज आयोजना गरेको साक्षात्कार कार्यक्रममा बोल्दै बिजुक्छेंले संशोधनकोे बिषय जति उठान गरे पनि सांसदको खरिद बिक्रि नभए त्यसले पूर्णता पाउन नसक्ने भन्दै यदि संबिधान संशोधन भइहाले त्यो देशकै लागि घातक सावित हुने बताउनु भयो ।

नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले बिगतमा भनेझै भारतले नेपालको सानो सानो बिषयमा समेत हस्तक्षेप गरिरहेको उहाँले खुलासा गर्नु भएको छ । भारतले कार्यालय सहायक देखि लिएर देशका महत्वपूर्ण पदका साथै रोटी बेटीको सम्बन्ध देखाएर तराइका बिभिन्न पारीवारीक घटनाहरुमा समेत हस्तक्षेप गरेको भन्दै त्यसालाई साथ दिने काम सरकार र महत्वपूर्ण पदमा रहेकाहरुले सहयोग गरिरहेको खुलासा गर्नु भएको हो ।

भारत र चीनको सिमाका बिषयलाई लिएर जसरी आआफूले स्ट्यान लिइरहेका छन् त्यसबाट नेपाल सरकारले सिक्नु पर्ने भन्दै नेपाल र नेपालीको सुरक्षाका लागी रहेका नेपाल प्रहरी, शस्त्र प्रहरी र नेपाली सेनाको भूमिका नदेखिएको उहाँले बताउनु भयो ।

स्थानिय तहको निर्वाचन अघि जसरी नेपाली राजनीतिज्ञहरुले नेपालीलाई नबुझाई सिंहदरवारको अधिकार गाउँ गाउँमा भन्ने नार लगाए हाल यो नै सिंहदरबारका कर्मचारी र नेताहरुका लागि टाउको दुखाई बनेको बिजुक्छेंले टिप्पणी गर्नु भयो ।

उहाँले वर्तमान सरकार निमार्णको प्रक्रिया ढिलाई हुनुमा आर्थिक चलखेल रहेको र कसरी कुन मन्त्रालायबाट मन्त्री बन्दा आफ्नो पार्टीले लाभ लिन सक्छ भन्ने खेलकै कारण वर्तमान सरकारले पूर्णता पाउन नसकेको बताउनु भयो ।

कार्यपालिका, न्यायापालिका र व्यवस्थापीकाको विवाद बढ्नुको पछाडी सबैले आफनो मर्यादा विर्सनु नै प्रमुख कारण रहेको उहाँले बताउनुभयो ।  दूई बिपरित धारका पार्टीहरुको मेलबाट बनेको नेकपा माओवादी केन्द्र र काँग्रेसको गठबन्धनको सरकार बाँदर र बाघको मित्रता जस्तै भएकोले यी दुई पार्टीबीचको पछिल्लो मित्रता नेपाली राजनीतिमा बुझन नसकिएको उहाँले बताउनुभयो ।

 

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू