अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १६:१३ | Colorodo: 04:28

टिन प्रिन्सेस नेपालमा १७ प्रतिस्पर्धी भिड्दै

बिआरटीनेपाल २०७४ साउन ११ गते ५:४१ मा प्रकाशित

¥याम्प जोन इन्टरट्रेनमेन्ट प्रालिद्धारा किशोरीहरुका लागि आयोजना हुँदै आएको ‘टिन प्रिन्सेस नेपाल’का लागि यस पटक अन्तिम प्रतिस्पर्धामा १७ जना किशोरीहरु पुगेका छन् । जसमा अन्तिम प्रतिस्पर्धीको रुपमा पुजा तामाङ, सुनैना चौधरी, सृष्टी पोखरेल, सुम्निमा कार्की, रेनु सेन्चुरी, अर्पणा खतिवडा, पर्सिस राई, प्रिया खड्का, दिक्षा अधिकारी छन् । यस्तै समिता शाही, निरुता रोका, प्रसँसा ताम्राकार, रुविशा श्रेष्ठ, मनिषा थापामगर, सजिना खनाल, दीपा लिईटेल र सुष्मा थापा पनि अन्तिम प्रतिस्पर्धी हुन् ।

दुई साता अघि देखि उनीहरुको काठमाडौंको कुपण्डोलमा प्रशिक्षण भईरहेको छ ।‘टिन प्रिन्ससे नेपाल–२०१७’मा किशोरीहरुलाई व्यक्तित्व विकाश लक्षित प्रशिक्षण दिईएको आयोजक संस्थाकी अध्यक्ष रमी श्रेष्ठले जानकारी गराईन् ।

प्रतियोगिताको कोरियोग्राफी आश्विनी झाले गरिरहेका छन् । टिन प्रिन्सेस नेपाल–२०१७को चयन आगामी २१ साउनमा काठमाडौंका नाचघरमा हुने अन्तिम प्रतिस्पर्धाबाट हुनेछ । उपाधि विजेताले विभिन्न पुरस्कार र उपहार सहित म्युजिक भिडियो तथा अन्य विज्ञापनमा अपसर पाउने छन् ।

 

प्रतिक्रिया