अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १३:२६ | Colorodo: 01:41

गीत – गौतम सागर राइ

बिआरटीनेपाल २०७४ साउन १० गते ५:२९ मा प्रकाशित

बैमानी बतास यो मनको हागो लुछेर जान्छ्
चलाउछ हुरी उडाइ पत्कर तर यो मन सहन्छ ।

कहाँ हुन्छ समय एकनास सधै फरक यही हो
धेरै छन रहर अधुरा सपना जिन्दगी यस्तै हो
समय संग ठोकिएर बाध्यता चुकेर जान्छ
बैमानी बतास यो मनको हागो लुछेर जान्छ ।

यो मनको कुरा पोख्ने कतै अर्को मन चाहिन्छ्
खोजेर,रोजेर मात्र चाहना त खै कहाँ पाइन्छ्
जमाउ अाखाँमा आसुको तलाउ सुकेर जान्छ
बैमानी बतास यो मनको हागो लुछेर जान्छ ।

 

 

प्रतिक्रिया