अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ११:०१ | Colorodo: 23:16

वाशिंगटन डिसीमा राजदुत कार्कीले भलिबल हानेर ‘आदिकवि भानुभक्त भलिबल प्रतियोगिता’ ऊद्घाटन

बिआरटीनेपाल २०७४ साउन १० गते ५:२२ मा प्रकाशित

अमेरिकाका लागी नेपाली राजदुत डा. अर्जुन कुमार कार्कीले भलिबल हानेर २०४ औं भानुजयन्तीको भलिबल प्रतियोगिता ऊद्घाटन गरेका छन्।  सामुन्द्रिक तटमा अवस्थित राजधानी वाशिंगटन डिसी नजिकै भर्जिनियाको बडो मनोरम  लेज्लीभानिया स्टेट पार्कको एकै भलिबल कोर्टमा हरेक बर्ष एकै मितीमा अन्तरास्ट्रिय नेपाली साहित्य समाजले २६ औं पटक आयोजित ‘आदिकबि भानुभक्त भलिबल प्रतियोगिता’  राजदुत डा. कार्कीले ऊद्घाटन गरेका हुन्।

भलिबल प्रतियोगितामा बोस्टन देखी आएका अन्तरास्ट्रिय नेपाली साहित्य समाजका महासचिब गोबर्धन पूजा टिम क्याप्टेन रहेको अनेसास टिम प्रथम भएको थियो भने दुतावासका कर्मचारी आशाकाजी महर्जन टिम क्याप्टेन रहेको वाशिंगटन डिसी स्थित नेपाली दुतावासको टिम दोश्रो भएको थियो।

कोलोराडो देखी आएका संस्थाका अध्यक्ष पदम बिश्वोकर्मा समेत ऊपस्थित यस प्रतियोगितामा भर्जिनिया, वाशिंगटन डिसी, म्यारिल्याण्ड, न्युयोर्क, बोस्टन, ईंडीयाना देखी आएका खेलाडीहरुले भाग लिएका थिए।

खेल प्रतियोगिताको संयोजन खेम भट्टचनले गरेका थिए।

राजदुत डा। कार्कीले ऊद्घाटन गरेको यस भलिबल खेलको ऊद्घाटन डिसीनेपाल डट कम र ईनेप्लीजमा संसारभरीबाट ५४,००० नेपालीले प्रत्यक्ष लाइभ हेरेका थिए।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू