अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०४:२० | Colorodo: 16:35

सत्तारुढ दलका कारण राजपा धरापमा छ – एमाले सचिव ज्ञवाली

बिआरटीनेपाल २०७४ साउन ९ गते ८:१३ मा प्रकाशित

नेकपा एमालेका सचिव प्रदिप ज्ञवालीले सत्तारुढ दल नेपाली काँग्रेस र नेकपा माओवादी केन्द्रले आसन्न २ नंम्बर प्रदेशको निर्वाचनमा आफ्नो भोट बैंक घट्ने आशंकाले राजपालाई निर्वाचनमा रणनीतिगत रुपमा ल्याउन नखोजेको आरोप लगाउनु भयो ।

रफत सञ्चार क्लबमा आज आयोजित साक्षात्कार कार्यक्रममा बोल्दै सचिव ज्ञवालीले नेकपा एमाले भने राजपालाई निर्वाचनमा ल्याउने पक्षमा भएपनि सत्तारुढ दलले राजपालाई निर्वाचनबाट टाढा राख्न खोजिरहेको बताउनु भयो ।

उहाँले स्थानीय तहको निर्वाचनको स्मरण गर्दै भरतपुर घटनाका दोषी सरकारले कारवाही गर्न नसकेको आरोप लगाउनु भएको छ । उहाँले यस घटनामा अदालत समेत कहि कतैबाट प्रभावीत भैरहेको आशंका समेत गर्नु भयो ।

उहाँले सत्तारुढ दलकै कारण समयमै मन्त्रीमण्डल विस्तार हुन नसकेको भन्दै यो सरकारको कुनै औचित्य नभएको बताउनु भयो । उहाँले एमाले संविधान संशोधन विरोध नभएको प्रष्ट पार्दै सचिव ज्ञवालीले सत्तारुढ दल एमालेसँगको सल्लाह बिनै मनोमानी रुपमा अघि बढेको बताउनु भयो ।

तोकिएकै समयमा प्रदेश नं २ र अन्य दुई तहको निर्वाचन हुनुपर्ने भन्दै उहाँले यी निर्वाचनमा पनि नेकपा एमाले पहिलो शक्तिका रुपमा उदाउने दाबी गर्नु भयो । निर्वाचन किस्ताबन्दीमा नभई प्रदेश र संसदको निर्वाचन एउटै समयमा गर्नुपर्ने भन्दै उहाँले यसका लागी एमाले तयार भएको बताउनु भयो ।

 

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू