अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १९:३८ | Colorodo: 07:53

७ बाल क्लवलाई खेलकूद सामग्री र २ बिद्यालयलाई स्मार्ट टिभी वितरण

बिआरटीनेपाल २०७४ साउन ९ गते ७:१३ मा प्रकाशित

बाल संरक्षण तथा सम्बद्र्धन उपसमिति साबिकको सूर्यबिनायक नगरपालिका वडा नं. ६ ले वडामा रहे का बाल क्लवहरुलाई खे लकूद सामग्री वितरण गरे को  छ । उपसमितिका संयोजक विश्वराम थापाका अनुसार वडामा रहेका ७ बाल क्लवलाई खे लकूद सामग्री तथा दुई बिद्यालयलाई स्मार्ट टिभी बितरण गरिएको हो ।

सूर्यबिनायक नगरपालिका वडा नं. ८ का वडाध्यक्ष किरण थापा र उपसमितिका संयोजक थापाले शान्ति निकेतन मा.वि. र शन्तकृष्ण आ.वि.लाई एक एक थान स्मार्ट टिभी वितरण गरेका थिए । यसैगरी चन्द्रबिनायक, हरियाली, राधाकृष्ण, चुनदेवी, गहनादेवी, सेतीदेवी र सूर्योदय बाल क्लवलाई फूटवल, भलिवल, व्याडमिन्टन कर्क, लुडो, क्यारेम वोर्डलगायतका विभिन्न खे ल सामग्री संयुक्त रुपमा वितरण गरेका थिए ।

सूर्यबिनायक नगरपालिकाबाट १ लाख ८३ हजार र उपसमितिबाट ६० हजार गरी कूल २ लाख ४३ हजार बराबरको खेल साम्रगी वितरण गरिएको उपसमितिका संयोजक थापाले बताए ।

 

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू