अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १३:३७ | Colorodo: 01:52

थाइल्याण्डमा हुने ‘प्रिन्स एण्ड प्रिन्सेस् इन्टरनेसनल’मा ३ नेपाली प्रतियोगी सहभागी हुँदै

बिआरटीनेपाल २०७४ साउन ८ गते ११:२३ मा प्रकाशित

थाइल्याण्डको चियाङमईमा आउँदो जुलाई २६ देखि ३१ तारिखसम्म संचालन हुने ‘प्रिन्स एण्ड प्रिन्सेस् इन्टरनेसनल २०१७’ लागि नेपालबाट अन्जशा रिजाल, अंकित तिवारी र योजना घलेले प्रतिनिधित्व गर्ने भएका छन् ।  इभेन्ट बेटर ग्यालेक्सीद्धारा आयोजित ‘प्रिन्स एन्ड प्रिन्सेस नेपाल–२०१७’की बिजेता अन्जशाले ‘प्रिन्स एन्ड प्रिन्सेस इन्टरनेसनल–२०१७’ विधाका लागि प्रतिनिधित्व गर्दैछन् ।

यो प्रतियोगितामा विभिन्न २५ देशका प्रतियोगी सहभागी हुनेछन् । सो प्रतियोगिताको लागि अन्जसालाई यतीबेला रोजिन शाक्यले कोरियोग्राफी प्रशिक्षण, स्वजत रघुबँशीले नेपाली नृत्य प्रशिक्षण, पेज थ्रिले पहिरन तयारी र आफुले व्यक्तित्व विकाश प्रशिक्षण दिईरहेको इभेन्ट बेटल ग्यालेक्सीका अध्यक्ष धिरज तण्डुकाले बताए ।

यस्तै ग्रुप अफ इभेन्ट्सबाट अंकित र योजना क्रमशः ‘मिष्टर इन्टरनेसनल टिन प्रिन्स–२०१७’ र ‘मिस इन्टरनेसल टिन प्रिन्सेस्–२०१७’ विधामा नेपालका तर्फबाट प्रतिस्पर्धा गर्ने भएका छन् । धिरज तण्डुकार, अनुप सक्सेना सहित यी तीनजना सो प्रतियोगितामा सहभागी हुन १० साउन बिहान बैंकक तर्फ लाग्ने छन् ।

 

प्रतिक्रिया