अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २१:२७ | Colorodo: 09:42

कोलोराडोको ईरी क्षेत्रमा बस्ने नेपालीहरुको पारिवारिक बनभोज सम्पन्न

बिआरटीनेपाल २०७४ साउन ८ गते ९:३० मा प्रकाशित

कोलोराडोको इरी क्षेत्रमा बस्ने नेपालीहरुले शनिवार बनभोज आयोजना गरि रमाईलो गरेका छन् । २५ परिवारका १०० जना जतिको सहभागीता रहेको उक्त बनभोज कार्यक्रम स्थनीय लि हाई पार्कमा आयोजना गरिएको हो ।

परिचयत्मक कार्यक्रममा सबैले आ- आफ्नो परिचय दिनु को सथै यस्तो कार्यक्रमलाइ निरन्तरता दिनु पर्नेमा जोड दिएका थिए भने सकृय रुपमा कार्यक्रम् लाइ सफल बनाउनु हुने इरीबासी  भुवन श्रेष्ठ, महेश भेटवाल,  समीर आचार्य, महेश श्रेष्ठ र टीका पौडेललाइ धन्यबाद दिएका थिए भने आचार्य आचर्यले सहभागी सबैलाइ स्वागत गरेका थिए  ।

बर्सेनि आयोजना गरिने उक्त बनभोजमा मिलिजुलि खानाको ब्यबस्था गरिएको थियो । नेपाली खानेकुराहरुको परिकारमा रमाएका बनभोजमा सहभागी ईरीबासी नेपालीहरुले यो बनभोज कार्यलाई आउँदा बर्षहरुमा निरन्तरता दिने कुरामा जोड दिएका थिए ।

बनभोजमा केटाकेटीहरुले बिभिन्न खेलहरु खेलेर रमाइलो गरी बिताए भने बुबा आमाहरुले पनि एक अर्कामा परिचयत्म कार्यक्रम गर्नुका साथै सामुहिक फोटो खिचाउने कार्य गरेका थिए । डोरी तान्ने, म्युजिकल चेयर, कफाइट जस्ता खेलहरु खेलिएको उक्त कर्यक्रममा नाच गान पनि भएको थियो ।

बिहान १० बजेबाट शुरु भएको उक्त बनभोज कार्यक्रम ६ बजे बेलुका सम्म चलेको थियो ।

 

प्रतिक्रिया