अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २१:०२ | Colorodo: 09:17

एनआरएन एननसी अफ युयसए नेपाली कम्पनी र पार्टीको शाखा होईन

विनोद रोका २०७४ साउन ८ गते ८:२५ मा प्रकाशित

एनआरएन एननसी अफ युसएका वैद्ये सदस्यहरूले उम्मेदवार हुन पुर्‍याउनु पर्ने योग्यताको बैधानीकताको विषयमा मलाई कवितामा यसरी व्यक्त गर्न मन लाग्यो।मैले सोचेको थिए यसपालिको चुनावमा आफू तठस्थ रहन्छु। तर सकिन जब रेलट्र्याकबाट ऊत्रियो । यो संस्थालाई वैधानिक रूपबाट अगाडी लाने क्रममा बनाइएको बाटोमा केही हद सम्म मेरो पनि सहभागिता थियो।

गोपाल श्रेष्ठ, माधवी बस्नेत कार्की, तारा निरौलाजी, निरज साह, लगायतका अन्य धेरैसाथीहरु राती अबेर सम्म बसेर विगतका २ निर्वाचन सम्पन्न गर्‍यौँ । केही कमजोरी भने रहे, किनकि हामी सुरुवातमा थियौ। यद्यपि हामीले यो संस्थाको पदाधिकारीमा कस्ता सदस्यहरू उम्मेदवार हुन सक्छन् र यो संस्था कुन देशको कानुन अनुसारचल्छ भनी एउटा स्पष्ट धारणा बनाउन सकेका थियौँ र न्यायिक समितिले पनि यसलाई मान्यता दिएको थियो ।

मेरो बिचारमा हाल संशोधन गरिएको विधानले पनि त्यो नजीरलाई विस्थापीत गर्न सकेको छैन र यदि भविष्यमा संशोधन गरेर यो संस्थालाई नेपाली कंम्पनीको वा पार्टीको शाखा बनाउने प्रयास गयौँ भने यो संस्था अमेरिकाको नन फर प्रफिटको स्टाटसमा नरहन सक्छ अनि यो विधान अमेरिकाको संविधान, सङ्घीय, र राज्य स्तरका कानुनहरुको विपरीत हुन सक्ने हुन्छ ।

म हिजो राम्ररी सुत्न सकिन विगतका चुनावमा भोग्नु परेका यस्तै समस्याहरुलाई सम्मmदै। अनि महसुस पनि गरे हालका निर्वाचन प्रमुख एर्टनी एट ल वन्दीता ज्यु र उहाँको टिमले भोग्नु परेको समस्यालाई। अनि मैले यस्तो कविता लेखे। विगतमा पनि मैले यसरी आफ्नो धारणा पोखेको थिएँ कवितामा ।

यो संस्था नेपाली कम्पनी र पार्टीको शाखा होइन

यो संस्था नेपाली कम्पनी र पार्टीको शाखा होइन
यो संस्था अमेरिकामा त्यसरी दर्तै भएको होइन
यो संस्था यहाँ ऊताको निर्देशनमा चल्न हुँदैन
यो संस्था ऊताबाट स्वीच थिच्दा बल्नु हुँदैन
कानुनले यही भन्छ सबलाई चेतना भया
यो कुरो बुमmन जानु पर्दैन टेनेसी र गया
हाम्रा छन् तैपनि आफनै डम्फुका ताल
बेतुकमा निकाल्छौ बालहरुका खाल
जिऊँदा वैध सदस्यका खोज्दछौ लास
फुटाऊछौ बेलुन मस्त भरीभरी सास
भन्छन् नि,
लाह्सा जाने कुतीको बाटो
नेपाली चस्मा विदेशको माटो।