अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०३:५९ | Colorodo: 16:14

अमेरिका नेपाल सोसाइटीले डिसी क्षेत्रमा सडक सफाई गर्ने

बिआरटीनेपाल २०७४ साउन ६ गते ६:४१ मा प्रकाशित

डिसी महानगर क्षेत्रमा सन् १९६७ मा नेपाललाई औधि माया गर्ने र नेपाल भ्रमण गरी सकेका अमेरिकन नागरिक तथा कुटनैतिकहरु द्वारा स्थापना गरिएको उत्तर अमेरिकाको सबैभन्दा जेष्ठ संस्था अमेरिका नेपाल सोसाइटी(समाज )ले डिसी क्षेत्रमा सडक सफाई गर्ने भएको छ l

सफा र स्वास्थ्य वातावरण सम्बन्धी प्रबर्धन तथा जनचेतना गराउनु को मुख्य उद्देश्यले सडक सफाई अभियान गर्न लागिएको जानकारी संस्थाका पदाधिकारीहरुले दिएका छन् l आगामी जुलाई २३ तारिख आइतबार का दिन डिसी क्षेत्रको मनासस सहर मा बिहान ९ बजे देखि उक्त सफाई कार्यक्रम गर्ने भएको छ l साथै उक्त सामाजिक कार्यमा सहभागी हुन् सबैमा अमेरिका नेपाल सोसाइटी डिसी ले आब्हान गरेको छ l

अमेरिका नेपाल सोसाइटीका संस्थापक मानार्थ सभापति एल्सवर्थ बंकर हुन् l उनी नेपालका लागि पूर्व राजदूत हुन् l उनको नेपाल सँग विशेष साइनो भएको हुनाले उनी भियतनाम युद्धमा हुँदा पनि नेपाललाई सम्झी नेपालको हितको निम्ति डिसीमा नेपाल अमेरिका सोसाइटी खोल्न सहयोग गरेका थिए l

विस्तृत जानकारीको लागि यहाँ थिच्नु होला :

http://www.americanepalsociety.org/

प्रतिक्रिया