अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १०:११ | Colorodo: 22:26

एनआरएन अमेरिका निर्वाचन समितिद्वारा उमेद्वारको सुची सार्वजनिक, गौरी जोशीको नाम सुचिमा परेन

बिआरटीनेपाल २०७४ साउन ५ गते २२:५५ मा प्रकाशित

एनआरएन अमेरिका निर्वाचन अमितिले २०१७-२०१९ कार्यकालको लागि हुने निर्वाचनको लागि उम्मेद्वारहरुको प्रारम्भिक सुची आज प्रकाशन गरेको छ । प्रकाशित सूचीमा अध्यक्ष पदका उम्मेद्वारहरु डा केशव पौडेल, कृष्ण पोखरेल, रबिना थापा र राम सी पोखरेलको नाम उल्लेख गरिएको छ भने गौरी जोशीको नाम प्रकाशित सूचीमा छैन ।

सय भन्दा बढी आडमा हुनु पर्ने चुनावको लागि जम्मा १६७ उम्मेद्वारको सुची निर्वाचन समितिले सार्वजनिक गरेको छ । छनौट नभएका उम्मेदवारहरुलाई कारण सहित निर्वाचन समितिले पत्राचार गर्ने उलेख गरिएको छ ।

उमेम्द्वारको पुरा लिस्ट हेर्न यहाँ क्लिक गर्नुहोला । धन्यवाद ।

 

प्रतिक्रिया