अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १५:५१ | Colorodo: 04:06

नव निर्वाचित जनप्रतिनिधीहरुलाई बधाई तथा सम्मान

बिआरटीनेपाल २०७४ साउन ५ गते १०:०९ मा प्रकाशित

अवधी पत्रकार संघ नेपाल केन्द्रीय समिति नेपालगन्जले बिहिवार नवनिर्वाचित जनप्रतिनिधीहरुलाई बधाई तथा सम्मान गरेको छ । कार्यक्रम मा नेपालगन्जका नवनिर्वाचित उपमेयर उमा थापा मगरले नगरको समग्र विकासका लागि यो टिम सधै लाग्ने विश्वास दिलाउदै केही योजनाको कार्यन्वयन तत्काल शुरु गरिएको जानकारी दिइन् । उनले आफु पत्रकारिताको पृष्ठभुमिबाट आएकाले पत्रकारहरुको समग्र हकहितका सवालमा अझ बढि संवेदनशिल भएको बताइन् ।

डुडुवा गाउँपालिका प्रमुख नरेन्द्र चौधरीले अवधी समुदायको विकास तथा सञ्चारसंगको समन्वयको कार्य पहिलो प्राथमिकतामा रहेको बताए ।

जानकी गाउँपालिका प्रमुख राम निवास यादवले आफनो गाउँपालिका मधेशी तथा अवधी भाषी क्षेत्र भएकाले त्यसको विकास तथा मिडियासंगको सहकार्य निरन्तर अगाडी बढाउने प्रतिबद्धता गरे । मिडियासंग सहकार्य गरेर गएमात्र देश समृद्धितिर लाग्ने उनले बताए ।

कार्यक्रममा नेपालगन्जका पुर्व मेयर विजय गुप्ताले पहिला परिकल्पना गरिएका योजनालाई पुर्ण रुपमा कार्यन्वयन गर्नुपर्ने बताउदै नगरको विकासमा जो कोही पनि बाधक बन्न नहुने बताए । उनले अवधी भाषा, कला संसकृतिको विकास गर्न जरुरी रहेको भन्दै समाबेशीमुलक योजनाको निमार्ण गर्न सुझाव दिए ।

नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य झलक गैरेले जनप्रतिनिधीहरुले विकासका मुद्धा लिएर अघि बढनुपर्ने भन्दै त्यसमा मिडियाको समेत साथ हुने विश्वास व्यक्त गरे ।

कार्यक्रम संघका केन्द्रीय अध्यक्ष राकेशकुमार मिश्रको अध्यक्षतामा सम्पन्न कार्यक्रममा नेपाल पत्रकार महासंघ बाँकेका पुर्व सभापति निरज गौतम, संघका संस्थापक अध्यक्ष सूर्यलाल यादव, प्रेस मञ्च बाँकेका अध्यक्ष आशिष गुप्ता, सघिंय समाजबादी फोरम नेपाल बाँके अध्यक्ष कमरुद्दिन राई, वरिष्ठ अवधी साहित्यकार सच्चिदानन्द चौबे, वडा अध्यक्षहरु आयुव सिद्दिकी, भण्डारीलाल यादव लगायतले बोलेका थिए ।

कार्यक्रममा अवधी भाषी जनप्रतिनिधीहरुलाई टिका र दोसल्ला ओढाएर बधाई तथा स्वागत गरिएको थियो ।

 

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू