अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १६:३६ | Colorodo: 04:51

अमेरीकामा ‘नेपाल आदिवासी चलचित्र महोत्सव’ हुने 

बिआरटीनेपाल २०७४ साउन ५ गते ५:५७ मा प्रकाशित
आदिवासी जनजाति महासंघ अमेरीकाको आयोजनामा अगस्त २५ देखी २७ गतेसम्म अमेरीकाको न्यूर्योक शहरमा नेपाल आदिवासी चलचित्र महोत्सव हुने भएको छ । तीन दिनसम्म प्रर्दशनी हुने चलचित्र महोत्सवले आदिवासी तथा सिमान्तकृत जनजातिका कला, भाषा र संस्कृति जर्गेना गर्दै यसको पहुँच\बिस्तारको लक्ष्य लिएको छ ।  महोत्सवमा आदिवासीका भेषभूषा, मातृभाषा, मौलिकता-संस्कृति र पहिचान भएका चलचित्रहरू समावेश हुनेछन् ।
९ बटा विधामा नगद पुरस्कार प्रदान गरिने भएको महोत्सवकालागि ३५ बटा चलचित्रहरु दर्ता भैसकेका आयोजकले बताए । ५ वर्षभित्र बनेका चलचित्रमध्ये प्रत्येक जातिका ५बटा चलचित्र सम्बन्धित जातिका आधिकारीक संस्थाबाट सिफारिस भइ आउनुपर्ने प्रवधान महोत्सवमा रहेको छ । यी चलचित्र मध्येबाट पनि प्रत्येक जातिका २ बाट उत्कृष्ट चलचित्रलाई मात्र महोत्सवमा समावेश गराइने छ ।
 ‘मूलधारे चलचित्रहरूका जगजगीमा आदिवासीका कथा समावेश भएका चलचित्र बनाउँदै, नयाँ पुस्तालाईसमेत शिक्षित गर्दै लानु पर्छ । ’ महोत्सवका संयोजक मणि वाङदेल भने, ‘आदिवासीका पहिचान, मैलिकता र संस्कृतिलाई संरक्षण गर्दै अधिकार प्राप्तिको आन्दोलनलाई चलचित्रका माध्यमबाट पनि अगाडि  बढाउनु पर्छ ।’
संयुक्त राष्ट्र संघका प्रतिनिधीसमेत सहभागी हुने नेपाल आदिवासी चलचित्र महोत्सव आगामि वर्षहरूमा पनि निरन्तर हुनेछ ।
प्रतिक्रिया