अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २३:२७ | Colorodo: 11:42

अनैतिक सम्बन्ध खोलेको भन्‍दै महिलाको सामूहिक बलात्कारपछि हत्या

बिआरटीनेपाल २०७४ साउन ४ गते १७:३७ मा प्रकाशित

अनैतिक यौन सम्बन्ध खोलेको भन्दै भाडाको अपराधी लागाएर महिलाको सामूहिक बलात्कारपछि हत्या गरेको रहस्यमय खुलेको छ। सामूहिक बलात्कार र हत्या आरोपमा महोत्तरी प्रहरीले तीन जनालाई सार्वजनिक गरेपछि घट्नाको रहस्‍य खुलुको हो।

पक्राउ पर्नेमा लोहारपट्टी-१ का ४६ वर्षीय वरुण कुमार यादव, लोहरपट्टी-१ सुखैनिया का २८ वर्षीय जिवरुल राईन कवारी र सितापुर भंगहा-९ का ३७ वर्षीया अमृता देवी दास रहेका छन्।

शिलाको बालात्कारपछि हत्या भएको घटनको रुजुरी परेपछि बुधबार प्रहरीले पक्राउ गर्न सफल भएको जिल्ला प्रहरी कार्यालय महोत्तरीका एसपी राजकुमार लम्सालले बताउनुभयो।उहाँका अनुसार घटनामा संलग्न अन्‍य आरोपीहरु भने अझै फरार छन्। उनीहरुको खोजी कार्य भइरहेको प्रहरीको भनाई छ।

गत वैशाख १९ गते महोत्तरीको हरिहरपुर हरिणमरी वडा नं. ७ हाल भंगहा गाउँपालिका९ पोखरी टोल बस्ने ३५ वर्षीया महिला शिलादेवी दासको सामूहिक बलात्कार पछि हत्या गरिएको थियो। १९ गते राति घर परिवारसँगै सुतेको शिलाको शव वैशाख २० गते घर नजिकैको फोहर फाल्ने खाल्डोमा फेला परेको थियो।

प्रहरीका अनुसार घटना स्थलमा शिलाको दुवै हात पछाडि बाँधेको र शरीरमा पुरै कपडा समेत नभएको अवस्थामा भेटिएको थियो। घर नजिकै लास भेटाएकोले प्रहरीले शिलाको आफन्तसँग नै अनुसन्धान सुरु गरेको जनाएको छ।

शिलाको हत्याको घटना भएकै दिनदेखि आरोपीहरु गाउँमै लुकीछिपी बस्‍दै आएका थिए। तर झन्डै २ महिना समय खर्चिएर सुराकीहरुको सहयोगमा प्रहरीले आरोपीहरुलाई मंगलबार पक्रिन सफल एसपी लम्सालले जानकारी दिनुभयो। उहाँले घटनाको विस्तृत विवरण अनुसन्धानपछि सबै रहस्यहरु खुल्दै गउको समेत बताउनुभयो।

अपराधीहरुले मृतकलाई बलात्कारपछि टाउकोमा ईटाले प्रहार गरि हत्या गरेको प्रहरीको दाबी छ भने पक्राउ परेका अमृता देवी दासको पति ललित दास छारे रोगले ग्रसित भएको छ। ८ वर्ष अघि आगो लागि उहाँको शरिरको अगाडीको भाग जलेको छ। उहाँ प्राय घरमा नवसी गाउँ नजिकै भिमगढ भन्ने गाउँमा वस्दै आउनुभएको छ।

श्रीमानको स्वास्थ्य अवस्था ठीक नरहेको भन्दै हत्या आरोपमा पक्राउ परेकी अमृतले लोहरपट्टी-१ का बरुण कुमार यादवसँग आफ्ना सम्बन्ध बढाईन्।२ वर्ष पहिलादेखिको सम्बन्ध पछि यौन सम्बन्धमा परिणात भएको थियो।

ललिता र बरुण बीचको यौन सम्बन्धबारे उनकै छिमेकी मृतक शिलाले थाहा अमृतालाई वरुण यादव खराब आचरणको व्यक्ति रहेको र उनी सँग सम्बन्ध नराख्न ललितालाई सचेत गराएका थिइन्। तर अमृताले शिलाको कुरा मानिन्।

शिलाले वरुण र अमृतको अनैतिक सम्बन्धबारे अमृताका श्रीमान् ललिता र उनका घरपरिवारका सदस्यलाई जानकारी दिनुभयो। अमृता र बरुणकुमार यादवको उनीहरुको अनैतिक सम्बन्धका कारण समाजमा ठूलो बेईज्जती भएको थियो।

घटना हुनु भन्दा एक महिना पहिले नै बरुणकुमार यादव अमृता देवी दाससँग भेटन उनको घर आएको बेला अमृतका पति ललित दासले दुवैलाई गाली गलौ र हातपात गरेका थिए।

सोही घटनाको रिसबी साधन वरुण र अमृताले शिलादेवीले आफूहरुविरुद्ध परिवारमा कुरा लगाई दिएर समाजमा बेइज्ती गरेको भन्दै बदला लिन शिलाको हत्या योजना बुनेका थिए।

कसरी भयो यस्तो घटना?
अमृता र वरुणले पक्राउ परेका जिवरुल राईन कवारीलाई १० हजार र अन्य केहि व्यक्तिलाई १२ हजार र ९ हजारको दरले रुपैंया दिएर भाडाका व्यवसायिक मान्छे वोलाएर बलात्कार र हत्याको योजना बनाएर घटनालाई रहस्यमय बनाउन योजना बनाए।

घरमा सुतेका बेला वरुण यादव सहित केहि अन्य व्यक्तिले सिलालाई मुख बन्द गरेर नियन्त्रणमा लिए। घर भन्दा ४ सय मिटर पर लगे। मदिराले मातिएका आरोपीहरुले अमृताकै सामुनेमा शिलाको बलात्कार गरे।हातमुख बाधेर बरुण यादव सहित घटनामा संलग्न अन्य चार पाँच जनाको समूहमा रहेको आरोपीहरुले शिलालाई पालैपालो बलात्कार गरे।

सामूहिक बलात्कारपछि अचेत भएकी शिलालाई त्यही टाउँकोमा ईटाले प्रहार हत्या गरियो। हत्या पश्चात घटना लुकाउन योजना बनाए आरोपीहरुले। शिलाका आफन्त नै फसाउने खेल खेले। घटना पारिवारिक कलहको कारण भएको देखाउनको लागि फेरि मृतकको शव उनको घर नजिकैको फोहर फाल्ने खाल्डोमा लगेर आरोपीहरुले फालेर फरार भए।

घटनाबारे के भन्छ प्रहरी ?
मृतकको घटना स्थलको जाँच बुझ गर्न जिल्लाबाट गएका अधिकृत स्तरका प्रहरीको नेतृत्वका विशेष टोलिले दिन रात खटेर अपराधीहरुलाई कठघारामा उभ्याएका छन्।पक्राउ परेका तीनै जना माथि जबरजस्ती करणी तथा कत्र्वय गरि ज्यान मारेको शिर्षकमा मुद्धा दर्ता गरि आवश्यक अनुसन्धान शुरु गरिएको एसपी राजकुमार लम्सालले बताउनुभयो।

‘सामूहिक बलात्कारपछि हत्याको घटना हुनु जघन्य अपराध हो,’ घटना सुनेर जो कोहीको जीउ सिरिङ्ग हुन्छ एसपी लम्सालले पत्रकार सम्मेलनमा भन्नुभयो, ‘शिलाको र बलात्कार र त्यपछिको घटनाले हाम्रो समाजका मानिसहरुमा अपराध मौलाइरहेको छ।घटना पछि प्रहरीले सुरु गरेको अनुसन्धानको वृतान्त सुनाउदै उहाँले यौन सम्बन्ध र सामाजिक वेईज्जती नै हो घटनाको कारण।

मृतक शिला देवी दासको पति लक्ष्मण दास १५ वर्षअघि बैदेशिक रोजगारीका लागि मलेसिया गएका थिए।अहिले लक्ष्मण सम्पर्कमा विहीन भएका छन्। मृतक शिला आफ्ना छोरा १८ वर्षीया जीतकुमार दास, छोरा बुहारी गीता देवी दास र छोरी १५ वर्षीया जीताकुमारी दाससगैं भंगहामा वस्दै आउनु भएको थियो। बनिबुतो गरेर शीलाले जीवन चलाउदै आउनु भएको थियो।

महोत्तरीमा यस आर्थिक वर्षमा जम्मा ९ हत्या भएको छ भने, ९ वटा हत्याका प्रयासहरु भएका छन । त्यस्तै गत आर्थिक वर्षमा १२ हत्या भएको थियो भने २२ वटा हत्याको प्रयास भएको थियो। त्यस्तै आर्थिक वर्ष २०७१/०७२ मा १३ हत्या र ३१ हत्या प्रयास भएका थिए।अन्नपुर्ण पोष्टमा खवर छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू