अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १३:४२ | Colorodo: 01:57

आफैंले मृत्यु बरण गरेका पत्रकार सविन शाक्यको सम्झनामा श्रद्धाञ्जली सभा

बिआरटीनेपाल २०७४ साउन ४ गते १७:२० मा प्रकाशित

आफैले मृत्यु बरण गरेका पत्रकार सविन शाक्यको सम्झनामा श्रद्धाञ्जली सभा सम्पन्न भएको छ । १३ औं पुण्य तिथीको अवसरमा बुधबार राजधानीमा श्रद्धाञ्जली सभा सम्पन्न भएको हो ।

पत्रकार शाक्यलाई श्रद्धाञ्जली दिन अग्रज देखि अनुज सम्मका चलचित्र पत्रकारका साथै चलचित्रकर्मीहरुको बाक्लो उपस्थिति रहेको थियो । जहाँ सविनसँगका विभिन्न पलहरुलाई सम्झदै उनीहरु भावुक बनेका थिए ।

सविनका समकक्षी पत्रकारहरु शान्तिप्रिय, डव्बु क्षेत्री सहित निर्देशक मोहन निरौला, कलाकार निर्मल शर्मा, चलचित्रकर्मी देबेन्द्र खड्गी लगायतले उनको व्यक्तित्वको चर्चा गर्दै आफुसँगका सम्झनाहरु बाढेका थिए ।

बरिष्ठ पत्रकार शाक्यले दुई दशक भन्दा बढी लामो समय चलचित्र पत्रकारिता गरेका हुन । चलचित्र पत्रकारितामा अतुलनीय योगदान दिएका शाक्यले केही चलचित्रको लेखन तथा निर्माण समेत गरेका छन् । साथै उनीद्वारा सम्पादित केही पुस्तक समेत प्रकाशन भइसकेका छन् ।

फिल्मी खबर साप्ताहिकका पूर्व स्तम्भकार समेत रहेका शाक्यको सम्झनामा सोही पत्रिकाले श्रद्धाञ्जली सभाको आयोजना गरेको हो । 

प्रतिक्रिया