अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २२:०८ | Colorodo: 10:23

गायक बद्री पंगेनीको तिज गीत ‘भाउजुको हाई हाई छ दाई लाहुरे भएर’ चर्चामा (भिडियो सहित)

बिआरटीनेपाल २०७४ साउन ३ गते ७:०५ मा प्रकाशित

लोक गायनमा आफ्नो छुट्टै छवि बनाएका गायक बद्री पंगेनीको तीज गीत भाउजुको हाई हाई छ दाई लाहुरे भएरको भिडियो सार्वजनिक भएको दोस्रो दिनमै १ लाख २१ हजार भन्दा बढि दर्शकले उनको भिडियो हेरेका छन् भने करिव २ सय कमेण्टमा गीत अत्यन्त राम्रो भएको प्रतिकृया आएको छ ।

बाबु आमाले दुख गरेर हुर्काएको छोरामो श्रीमती पाएपछि आउने परिवर्तन र कमाउने श्रीमानकी श्रीमती समाजमा देखाउने रवाफलाई उतारिएको यो गीतलाई एक नारायण भण्डारीले शब्द संगीत भरेका हुन् ।

बद्री पंगेनी र प्रीया भण्डारीको आवाज रहेको भाउजुको हाईहाई छ मो भिडियोमा शंकर बिसी र प्रीया भण्डारीको अभिनय रहेको छ । मोडल शंकर बिसीकै निर्देशनमा तयार भएको म्युजिक भिडियोलाई राजेश घिमिरेले खिचेका हुन् भने सम्पादन नविन घर्ती मगरको रहेको छ ।

 

 

प्रतिक्रिया