अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १७:५१ | Colorodo: 06:06

गायिका घनमाया राना मौलीक तीज गीत लिएर बजारमा (भिडियो सहित)

बिआरटीनेपाल २०७४ साउन ३ गते ६:०८ मा प्रकाशित

गायिका घनमाया राना हिन्दु नारीहरुको महान सांस्कृतिक पर्व तीजको अवसरमा मौलीक गीत लीएर श्रोता तथा दर्शकमाझ आएकी छिन् ।

आगनीको डिलैमा शितलु प¥यो
पीपलु छायाँले हो की बरीलै
तीज आउने बेलामा बाडुल्की लाग्यो
आमाको मायाले हो की बरीलै ..

बिसंगतीका बिचमा विकृत शब्द र लयमा तीजका गीतहरु आइरहेका बेलामा घनमाया रानाको यो गीत भने मौलकि रहेको छ । पछिल्लो समयमा तीजका गीतहरु छाडाहुँदै गएको अवस्थामा संगीतकार सन्तोष श्रेष्ठले यस गीतलाई ठेट मौलीक तीज गीतको लयमा उतारेका हुन् । गीतकार शान्तिप्रियको शब्दमा संगीतकार सन्तोष श्रेष्ठले मौलिकपनलाई राम्ररी उतारेका छन् । निर्माताजीवन केसीले तीज विकृत बन्दै गएको र मौलीकता खोज्नुपर्ने आवश्यक भएको बेलामा आफुले सोचेजस्तो गीत प्रकाशन गर्न सकेको बताए । गायिका घनमायाले पनि तीजको मौलीक गीत आपूmले गाउन पाएकोमा सन्तुष्टी ब्यक्त गरिन् । ‘हामी संगतिकर्मीले नै मौलीकताको जगेर्ना गर्ने हो र मौलक श्रृजनामा जोड दिनुपर्छ । जसका कारण हाम्रो पन बाँचीरहोस्’ संगीतकार श्रेष्ठले भने ।

गीतको भिडियो गोपाल थापाले निर्देशन गरेका छन् । यस तीज गीतमा रिना थापा र मिठ्ठु आलेको अभिनय छ भने देवराज आचार्यको छायांकन एवम् मनोज कार्कीको सम्पादन रहेको छ । गोल्डेन क्रियशनको प्रस्तुती यस गीतलाई आजै मात्र म्यूजीक नेपालले यूट्यूव मार्फत सार्बजनिक गरेको छ ।

 

 

 

प्रतिक्रिया