अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २२:५२ | Colorodo: 11:07

११ बर्षिया बालिका ६ महिनाको गर्भ सहित न्याय खोज्दै – गर्भवती बनाउने युवक पक्राउ

बिआरटीनेपाल २०७४ साउन ३ गते ५:३७ मा प्रकाशित

७ कक्षामा पढ्ने ११ बर्षिय बालिकालाई अबैध रुपमा गर्भवती बनाउने युवक पक्राउ परेका छन् । भोजपुर जिल्लाको अरुण गाउँपालिका ५ याकुमा ११ वर्षीया बालिकालाई अवैध रुपमा गर्भवती बनाउने छिमेकी २१ वर्षीय युवक दुर्गाबहादुर श्रेष्ठलाई धरान प्रहरीले पक्राउ गरेको हो ।

गत पुस महिनामा ति बालिका पहिलो पटक रजस्वला भएकी थिईन् । पहिलो पटक रजस्वला भएपछि उनि फेरी दोस्रो पटक महिनावरी भईनन् । पहिलो पटकको रजस्वला पछि केही किशोरीहरुको लामो समय पछि मात्र महिनावरी प्रकृया सुरु हुने भएकाले उनी दोस्रो महिनावरी नहुनुलाई परिवारले सामन्य लियो । तर जव बालिकको पेट बढ्दै आयो उनकी आमाले सोधेपछि उनले छिमेकी दुर्गा बहादुरले आफुलाई जवरजस्ती शारिरीक सम्पर्क राखेको र यो गर्भ उसैको भएको बताईन् ।
बालिकाले आफ्नो पेटमा भएको बच्चा दुर्गाबहादुरको भएको बताएपछि समाज जुटेर गर्भवती बालिका दुर्गाबहादुरलाई जिम्मा लगाउने निर्णय गर्यो ।

केटा केटी दुवै नेवार भएपनि केटीकी आमा दलिद भएकाले केटाको परिवारले बालिकालाई बुहारी स्वकार्न मानेन  र गर्भवति बनाउने दुर्गाबहादुरले पनि दुवैको सहमतीमा शारिरीक सम्पर्क भएको र आफु सो बालिकालाई श्रीमती स्वकार्न तयार नभएको बताएपछि पनि समाजले बालिका उनको जिम्मा लगाईदियो ।

आरोपित दुर्गा बहादुरले बालिकालाई लिएर भोजपुरबाट धरान आएपछि उनले गर्भवती बालिकालाई धरानमै अलपत्र पारेर भागेपछि बल्ल यो कुरा प्रहरी र सञ्चारकर्मी सम्म आईपुग्यो । २०६३ साल चैत २४ गते जन्मिएकी ती बालिकको पेटको बच्चा ६ महिनाको भएकाले गर्भपतन गराउन नसकिने हुदा उनलाई शुरक्षित रुपमै बच्चा जन्माउने बातावरण मिलाउन र केटाको सम्पत्ती र नाता प्रमाणितको हक दिलाउन बालिकाका परिवारले माग गरेका छन् भने प्रहरीले फरार रहेका युवक दुर्गाबहादुरलाई पनि धरानबाट प्रकाउ गरी अनुसन्धानमा राखेको छ ।
अहिले बालिका र उनको परिवार न्यायका लागि भोजपुर सदरमुकाम पुगेका छन् भने भने पक्राउ परेका आरोपित युवालाई भोजपुर लैजाने तयारी धरान प्रहरीले गरिरहेको छ ।

 

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू