अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १८:२१ | Colorodo: 06:36

एनआरएनको चुनावका मेरा केही भोटहरु बुक भईसके

राम लामा अविनाशी २०७४ साउन २ गते २१:४७ मा प्रकाशित

सूचना ! सूचना !! सूचना !!!

विषय: यसपाली २०१७ को एनआरएनको चुनावको मेरा केही मत बुक भई सकेको भन्ने बारे ।

उपरोक्त सम्बन्धमा यसपालिको एनआरएनको चुनावका मेरा केही मतहरु निम्न लिखित ओहोदामा उम्मेदवारी दिनु भएका टोलबासी तथा सहरबासी लसएन्जलस परिवारजनलाई दिएर जिताउने निश्चित भयो । त्यसैले सोही पदमा उठेका अन्य सहर तथा राज्यका उमेद्बारहरुले भोट माग्ने कष्ट नगर्नु होला । अन्य पदका लागि भोट चाहनु हुन्छ भने यी हाम्रा मान्छेलाई भोट दिएर हाम्रो बाँकी भोट लान सक्नु हुनेछ ।

एनआरएनका लागि राम्रा साबित हुने लसएन्जलसका हाम्रा मान्छेहरूको विवरण निम्नानुसार छ ।

1 बलराम थापा : सदस्य- एनआरएन आईसिसि ।
२ उमा कार्की थापा : उपाध्यक्ष- एनआरएन, अमेरिका ।
३ टेक लामा : सचिव – एनआरएन, अमेरिका ।
४ इन्दिरा त्रिपाठी : महिला संयोजक -एनआरएन, अमेरिका ।
५ कर्ण चन्द : सदस्य – एनआरएन, अमेरिका ।
६ विश्व सुबेदी : सदस्य – एनआरएन, अमेरिका ।
७ राम बाबु पाण्डे : अध्यक्ष – क्यालिफोर्निया च्याप्टर
८ कृष्ण गुरुङ्ग : सदस्य – क्यालिफोर्निया च्याप्टर ।
९ सिद्धार्थ सिलवाल : सदस्य – क्यालिफोर्निया च्याप्टर ।
१० गोपाल अधिकारी : सदस्य – क्यालिफोर्निया च्याप्टर ।