अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २२:०९ | Colorodo: 10:24

परशुराम भण्डारी एन आर एन अमेरिकाको बोर्ड अफ डाइरेक्टरमा उमेद्वारी

बिआरटीनेपाल २०७४ साउन २ गते १३:४४ मा प्रकाशित

अमेरिकाको राजधानी वासिङ्टन डिसीबाट २० माइल नजिक भर्जिनियाको फेयरफेक्स काउन्टीमा विगत १३ वर्ष देखि बसोबास गर्दै आउनु भएका परशुराम भण्डारी आउदो अगष्ट ११/१२ मा हुने एन आर एन अमेरिकाको निर्वाचनमा बोर्ड अफ डाइरेक्टरमा आफ्नो उमेद्वारी दिनु भएको छ। यो आर एन सबैको साझा संस्था भएकोले यो सस्थालाई कसैले पनि आफ्नो स्वार्थ पूर्ति हुने गरी पछाडिबाट निर्देशित नगर्न र आफूलाई मन परेको उमेद्वारलाई मत दिन पनि मतदातासंग अनुरोध गर्दै आफू सबैको मन जित्न सक्ने उमेद्वार भएको दाबी गर्नु हुन्छ । सामाजिक काममा अनबरत लागि रहेको बताउने भण्डारी विभिन्न सामाजिक सस्थामा रहेको बताउनु हुन्छ । नेपाल एजुकेशन एन्ड कल्चरल सेन्टरको बोर्ड अफ डाइरेक्टर , संखुवा सभा कमिटी अफ युएसएको आजीबन सदस्य, एन आर एन अमेरिकाको आजीबन सदस्य, अमेरिका नेपाल सोसाइटीको आजीबन सदस्य रहेका भण्डारीको अन्य विभिन्न सामाजिक काममा समेत सहभागिता रहेको बताउनु हुन्छ ।

नेपालमा चेपांग जातिका लागि सन्चालित लक्ष्मी प्रतिष्ठानको आजीवन सदस्य रहेका भण्डारी नेपाल एजुकेशन एण्ड कल्चरल सेन्टरको नियमित आम्दानीको श्रोत डलर अ डे को परिकल्पनाकार रहेको समेत बताउनु हुन्छ भने केही नेपालीहरूबाट सुरु गरिएको एभरेष्ट फेडेरल क्रेडिट युनियनको सस्थापक सदस्य हुनु हुन्छ र छरिएर रहेका पूजीलाई संस्थागत रूपमा सङ्कलन गरी आफ्नै समुदायलाई सस्तो ब्याजमा ऋण उपलब्ध गराउन यस्ले सहयोग गर्ने तर्क उहाँको छ । आउदो निर्वाचनमा सबैका भावना बुझ्न आफू सक्षम भएको र समय पनि दिन सक्ने भएकोले सबै मतदाताहरू समक्ष आफूलाई मत दिई एन आर एन ए सबैको साझा चौतारी बनाउने काममा सहयोग गर्नआह्वान गर्नु हुन्छ ।

एन आर एन एन सी सी अमेरिकाको आसन्न निर्वाचनमा बोर्ड अफ डाइरेक्टरमा मेरो उमेद्वारी किन?
१ एन आर एन अमेरिकालाई सबै नेपालीहरूको साझा संस्था बनाउने प्रयास गर्न ।
२ सबै नेपालीहरूलाई गैह्र आवासीय नेपाली सङ्घको सदस्यता बनाउने कार्यक्रम ल्याउन ।
३ छरिएर रहेका सबै किसिमका जनशक्तिलाई सङ्गठित गराउने पहल गर्न ।

४ सबै किसिमका जनशक्तिलाई सङ्गठित गर्दै न्यून ज्यालामा बढी काम गर्नु पर्ने जनशक्तिलाई सङ्गठित गर्दै उहाहरूका लागि अल्पकालीन र दीर्घकालीन तालिमको व्यवस्था गर्ने ।
५ निम्न आम्दानीबाट जीवन यापन गर्नु पर्ने अधिकांश नेपालीहरूका बिचमा आय आर्जन गराउने माइक्रो फाइनान्स र फेडरेल क्रेडिट युनियनहरू हरेक राज्यमा स्थापना गर्न पहल गर्ने ।
६ नेपालीहरूको जनघनत्व बढी भएका राज्यहरूमा सामुदायिक भवन बनाउने कामको लागि पहल गर्ने ।

७ सबै नेपालीहरूले एन आर एन को सदस्यता लिदा हुने फाइदाको बारेमा जनचेतना गराउने ।
८ एन आर एन लाई नेपालको कुनै पनि राजनैतिक पार्टीको प्रभावबाट मुक्त गर्ने ।
९ आफू निर्वाचित भएको राज्यको राज्य च्याप्टरसंग समन्वय गर्दै केन्द्रसंग पुलको काम गर्ने ।
१० नेपालीहरूको घना बस्ती भएका सहरहरूमा नेपालको पर्यटन प्रबर्धन गर्ने खालका कार्यक्रमहरू गराउन पहल गर्ने (जस्तो कि नेपाल परेड डे वा नेपाल पर्यटन प्रबर्धन डे) ।

११ एन आर एन अमेरिकामा दोस्रो पुस्ताको लागि उपयोगी कार्यक्रमहरू ल्याउने ( जस्तो कि कलेज जानको लागि गरिने पूर्व तयारी कक्षाहरू संन्चालन गराउने)
१२ सदस्यता बन्नको लागि आजीबन सदस्यको सदस्यता शुल्क कम गरी बढी भन्दा बढी मानिसहरूलाई आजीबन सदस्यता बढाउन पहल गर्ने ।
१३ सदस्यता बापत उठाइएका रकमहरूबाट नै केही अाकस्मिक कोषको व्यवस्था गर्नका लागि पहल गर्ने

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू