अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०२:३७ | Colorodo: 14:52

झापालीहरूको पिकनिक आगामी अगष्ट महिनाको ६ तारिख मेरिल्याण्डमा हुने

बिआरटीनेपाल २०७४ साउन २ गते १३:३३ मा प्रकाशित
झापा जिल्लाबाट अमेरिका आएर वासिङ्टन डी सी मेट्रो एरियामा रहेका झापालीहरूको पिकनिक आगामी अगष्ट महिनाको ६ तारिख आइतबार मेरिल्याण्डमा हुने भएको छ | सम्भव भएसम्म सम्पूर्ण अमेरिकाभरि छरिएर रहेका झापालीहरू तथा वासिङ्टन डी सी मेट्रो क्षेत्रमा छरिएर रहेका झापालीहरू को आपसमा भेट-घाट, चिनजान र पुराना मित्रहरूसितको पुनर्मिलन वा सम्बन्धहरूलाई पुनर्ताजकी गर्ने उदेश्यले “अमेरिकाबासी झापाली पिकनिक”को आयोजना गर्न लागिएको हो |

यस अवसरमा भाग लिन सम्पूर्ण झापाली तथा विगतमा झापामा स्थायी वा अस्थायी बसोबास गरी हाल अमेरिकाको मेरिल्याण्ड, भर्जिनिया, वासिङ्टन डिसीलगायत अमेरिकाको अन्य राज्यमा रही विभिन्न पेसा- व्यवसायमा संलग्न,विद्यार्थीलगायत झापा जिल्लासित सरोकार राख्ने सबैलाई हार्दिक निमन्त्राणा गर्दछौँ |

सो अवसरमा विशेष “परिचयात्मक कार्यक्रम” लगायत केटा-केटीहरूका लागि ट्यालेन्ट सो र सांस्कृतिक कार्यक्रम्, भलिबल,छेलो( खेल) प्रतियोगिता तथा गीत, मुक्तक एवम् कविता गोष्ठी पनि हुने कार्यक्रम रहेकोछ | यो पिकनिक पारिवारिक भेटघाटमा अमेरिका आउनु भएका हाम्रा परिवारका अग्रज/वरिष्ठ सदस्यहरूलाई पनि विशेष सामूहिक भेटघाटको अवसर हुनेछ | अत: सो कार्यक्रममा भाग लिन यस क्षेत्रमा स्थायी बसोबास गरिरहनु हुने तथा विशेष गरी बाल-बालिका र अभिभावकहरूलाई प्रोत्साहन गरिन्छ | सहभागी हुन चाहनु हुने हरू ले आ-आफ्नो नाम अग्रिमरूपमा लेखाई कार्यक्रमको व्यवस्थापनमा सहयोग गर्नु हुन पनि हार्दिक अनुरोध गरिन्छ |

कार्यक्रम व्यवस्थापनमा सहयोग गर्नु हुने स्वयंसेवक,व्यावसायिक विज्ञापन दाता/प्रायोजक र अन्य प्रकारका सहयोगीहरूलाई पनि हार्दिकतासाथ स्वागत गरिनेछ | यसप्रकारका सहयोगीहरुलाई पनि सम्पर्कको लागि अनुरोध गर्दछौँ |कार्यक्रममा सहभागी हुनको लागि कुनै शुल्क निर्धारण गरिएको छैन तर इच्छुकहरूले स्वैच्छिक सहयोग गर्न सक्नु हुनेछ | स्वैच्छिक सहयोगबाट प्राप्त रकम व्यबस्थापकीय खर्चभन्दा धेरै भए आगामी अन्य यस्ता कार्यक्रमहरूमा प्रयोग गरिनेछ | कार्यक्रमको सम्पूर्ण आयव्यय कार्यक्रमको अन्त्यमा कार्यक्रम स्थलमा नै सार्वजनिक गरिनेछ |

कार्यक्रमको मिति स्थान र समयमा निम्न अनुसार रहेकोछ-
मिति: Sunday August 6, 2017
समय : अपरान्ह ११ देखि बेलुका ७ बजेसम्म
Adress: Black Hill Regional Park
20930 Lake Ridge DR
Boyds, MD, US 20841
Picnic Shelter C

Contact Persons:
सीता पाण्डे : 646 702 4494
राजेन्द्र बलि : 703 328 3112
प्रेम संग्रौला: 202 320 6115
मोहन निरौला : 703 663 0045
गुणराज लुइँटेल : 703 720 0360
मञ्जु संग्रौला : 202 341 8696
उमेश निरौला : 240 342 0843
मेदिनी अधिकारी : 703 501 3875
कवीन्द्र सिटौला : 571 259 3984
याम सिटौला : 703 618 5677
मिलन राई : 443 939 6064
गौरा रिसाल 301873 0103
सुरेश अधिकारी : 703 409 9434
कृष्ण भण्डारी : 703 505 5465
लेखनाथ भण्डारी : 703 638 9686

प्रतिक्रिया