अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १६:१३ | Colorodo: 04:28

एनआरएनए चीन को अध्यक्ष पदमा नवीन बिकको उम्मेदवारी

बिआरटीनेपाल २०७४ साउन १ गते २२:१७ मा प्रकाशित

विजय थापा,वासिङ्टन डिसी
चितवन घर भई हाल चीन मै बसोबास गर्दै आएका नवीन बिकले गैर आवासीय नेपाली सङ्घ राष्ट्रिय समन्वय समिति चीनको अध्यक्ष पदमा उम्मेदवार दिने भएका छन् l एनआरएन चीन मा स्थापना कला देखि नै कोषाध्यक्ष को रूपमा आफूले एनआरएन को यात्रा सुरु गर्दै अहिले सम्म को एनआरएन यात्रामा दुई कार्यकाल कोषाध्यक्ष र दुई कार्यकाल उपाध्यक्ष जस्तो गरिमामय पदमा काम गरी सकेको अनुभवले आफू अब अध्यक्ष पदमा उम्मेदवार दिने निर्णयमा पुगेको बताएका छन् l

सन् २००२ मा उनी दुबई गएर २ वर्ष त्यहाको प्रसिद्ध घड़ी कम्पनी रिभोली ग्रुपमा सेल्सम्यान(बिक्रिकर्ता ) को रूपमा वैदेशिक रोजगारको सुरुवात गरेको उनले बताए l राम्रो कमाई हुँदा हुँदै पनि दुबई मेरो लागी हैन , म यो भन्दा अरू नै तर यो भन्दा ठुलो कामको लागी जन्मेको हु भन्नी सन् २००४ मा नेपाल फर्किए l

त्यस पछि नेपाल बसाई क्रममा केही समय चाईनिज भाषा पढाउने क्रममा केही ब्यापारीहरुको सम्पर्कमा आउँदा ती ब्यापारीहरुले नै चीन जान सुझाव दिए पश्चात्, २००५ मा चीनको औघोगिक सहर गोन्जाउ पुगे l तर वर्ष दिन कोठामा सुतेर खानेको विकल्प उनी सँग थिएन l उनी स्मरण गर्दै चीनमा व्यापार ठुलो हुने र त्यति ठुलो पैसाको कारोबार गर्दा कसैले झ्वाट्ट विश्वास गर्न गाह्रो हुँदो रहेछ l त्यसैले १ वर्ष सम्म ब्यापारीहरु सँग परिचय गर्दैमा बित्यो भनी आफ्ना इतिहास का केही कुराहरू पोखे l

नेपालमा ताईवानका तावजीमहरु सँग चाईनिज भाषा सिकेकोले ठुलो काम लाग्यो l अनि आफ्नो चीनको यात्रा चलि रहेको उनले बताए l चीनमा एक पटक कलकत्ताको मारवाडी व्यापारीलाई ५० हजार डलरको यन्त्र किनी दिदा पन्ध्र सय डलर पाउन पर्ने सेवा शुल्क नदिई गएको तितो अनुभव समेत रहेको बताए l

उनी भन्छन् सन् २००७ सालमा हङ्कङबाट बुद्धि बहादुर थापा लगाएतका अग्रज आएर चीनको गोनजाउमा बिधिबत रूपमा एनआरएन चाईनाको सुरुवात भएको बताए l

उनले गोन्जाउमा दुई वटा नेपाली नामका चमेना गृह कस्तूरी रेस्टोरेन्ट एण्ड बार र अर्को नमस्ते किचन तथा दुई वटा नाइट क्लब(रात्रि क्लब ) खोली नेपालका धेरै जनालाई रोजगारको अवसर प्रदान गरेका थिए l अहिले कार्य ब्यस्तताले यी कार्यहरुलाई पार्टनरहरुको जिम्मा लगाई आफू स्टीलपाईप, स्टिलका भाडकुडाहरु, नन उभन फेब्रीक , र धागा बनाउने मेशीन बनाएर निर्यात गर्न ब्यस्तरहेको बताउछन।

यसको साथै सन् २००५ साल देखि फाईभ स्टार ईन्टरनेशनल ग्रुप लिमिटेड (हङकङ) को प्रबन्ध निर्देशक को रूपमा अहिले सम्म नेपाल,भारत ,बङ्गलादेश, खाड़ी मुलुक र अमेरिका लगायत अन्य देशहरूमा सामानको निर्यात गर्दछन् l

उनी चीन चाईना बसेर चीनको नयाँ प्रविधिहरू नेपाल भित्र्याउन् प्रयास गरी रहेका छन् l उनको सामाजिक सेवामा त्यतिनै संलग्नता रहेकोले यसैको प्रयास स्वरूप चितवन मा २०१४ मा नेपालकै पहिलो बालमैत्री अन्तर राष्ट्रिय स्तरको चिल्ड्रेन पार्क (बाल उद्यान )स्थापना गरेका छन् l जस बाट चितवनबासी मात्रै नभैकन छिमेकी जिल्लाका बालबालिकाहरु पनि लाभान्वित भएका छन् l गोनजाउमा कोही नेपाल सरकारको उच्च व्यक्तित्वहरु आउँदा होस वा दलालको चंगुलमा परेर दुख पाएकालाई उनले सक्दो सहयोग गरेका छन् l आफू भित्र मानवता र समाज सेवा को भावना रहेकोले आफू सेवा गर्न पछि कहिले नहट्ने उनले बताए l उनले आउदो वर्षहरूमा चितवनमा चाईना टाउन र वाटर पार्क खोली चितवन तथा छि जिल्लाबासीहरुलाई काठमांडौको थोकमुल्यमा सामान उपलब्ध गराउने तथा देशमा अत्याधिक गर्मी हुनी ठाउँमा पर्यटक तथा स्थानियहरुलाई चिसो पानीले मनोरन्जन गराउने योजना बुनेको पनि बताए।

समाज सेवाको कुरा गर्दा नेपालको बाढी पीडित होस वा भूकम्प पीडित राहत कार्यक्रम के लागी पनि अन्य गोनजाउका साथीहरू सँगै निकै खटिएगा व्यक्तिमा उनी गनिन्छन l

उनी एनआरएन का देश विदेशको कुनै पनि कार्यक्रम प्राय: छुटाउदैन l नेपालको विश्व सम्मेलन होस वा मलेसियाको एसिया प्यासेफिक क्षेत्रीय सम्मेलन होस, वा छिमेकीहरु राष्ट्रहरु हङकङ,मकाउ ,मध्यपूर्वी एनआरएनको कार्यक्रममा सम्भव भए सम्म सहभागी भएकै हुन्छन् । जापान ,अमेरिका लगाएतका देशहरू भ्रमण गरी एनआरएनका साथीहरूसँग सुमुघुर सम्बन्ध कायम गरी आपसी समझदारी बढाएको अनुभव संगालेको उनी बताउदछन l

आफूले स्थापना काल देखि नै निस्स्वार्थ भावनाले काम गरेको र आफू सँग अनुभव पनि रहेकोले आगामी २०१७-२०१९ को लागी अध्यक्ष पदकों दावेदार रहेको उनी बताउद्छन l

अध्यक्ष पद मै किन उम्मेदवारी भनी जिज्ञासा राख्दा उनी भन्छन्, एनआरएन चीन को हाल सम्म पनि दर्ता हुन सकेको छैन l र हाम्रो आधिकारिक कुनै कार्यालय पनि छैन l आफू अध्यक्ष पदमा निर्वाचित भएमा सबै भन्दा पहिला एनआरएन दर्ता गर्ने र कार्यालयको व्यवस्था गर्ने आफ्ना मुख्य कार्यसूची तथा प्रतिबद्धता रहेको बताए l

२०१३-२०१५ कार्यकाल लगायत साथीहरू हाम्रोअहिलेको समितिमा सहभागी छैनन् भन्दै अहिले हामी बिचमा आएको फुट र गुटलाई सधैको लागी अन्त्य गरिने प्रतिबद्धता रहेको उनको रहेको बताए l उनी भन्छन् ,मेरो स्वतन्त्र उम्मेदवारी पनि यसैको प्रतीक हो l मैले कुनै गुट बनाएर वा समूह बनाएर अधक्ष्यको चुनाव मा होमिएको छैन l

उनी भन्छन् ,अहिले हाम्रो समिति गोनजाउ र यी उ भन्ने सहरमा मात्रै सीमित छ l यसलाई बढाएर, बेईजिङ, संघाई, लासा, सेनजन लगाएतका क्षेत्रमा पनि बिस्तार गरिने छ l आफू चीनको औघोगिक सहरलाई नेपालका औघोगिक सहर सँग र चाईनाका पर्यटकीय सहरलाई नेपालका पर्यटकीय सहर सँग भगिनी सम्बन्ध स्थापना गराएर सम्बन्धित क्षेत्रमा ज्ञान र सीप आदान प्रदान गरी नेपालको उधोग र पर्यटन व्यवसायलाई टेवा पुर्‍याउने छु l

उनले अगाडी भने गोनजाउमा रहेको नेपालीहरूको एक सय का हाराहरीमा रहेका रहेका ट्रेडीङ कम्पनीलाई व्यवस्थित गरी एउटै छातामुनी ल्याई चीन मा हुने हुनी ठगी र चीनमा विभिन्न समयमा बदलिई रहने नियम कानुन को बारेमा सामाधान तथा सूचना आदान प्रदान गर्ने व्यवस्था मिलाउने,र चीनमा बस्ने व्यापारी हरुलाई कहिलेकाही सामान पठाउने क्रममा विविध कारणले पैसाको खाँचों पर्दा छोटों समयको लागी बाधा अड़चन फुकाउनको लागी निश्चित रक़म निश्चित समयको लागी उपलब्ध गराउने प्रयास गर्ने छु।

यसको साथै उनी भन्छन् ,गोनजाउमा कुनै पनि नेपालीको दुर्घटना भएमा वा मृत्युभएमा प्राथमिक उपचार तथा मृत शरीर नेपाल पुर्याउनको लागी एउटा छुट्टै राहत कोष खडा गर्ने छु। एनआरएन चाईनाको अहिले सम्म कै क्रमभंग गर्दै, प्रत्येक महिनाको आयब्यय को जानकारी तथा गरेका कार्यहरूको सम्पूर्ण विवरण वेबसाइट(सञ्जाल ) मार्फत सार्वजनिक गरिने छ। एनआरए चीन लाई पनि मध्यपूर्व , एसिया, युरोप, अमेरिका का देशहरूका एनआरएन सँग एनआर एनको इतिहास मा पहिलो पटक भगिनी सम्बन्ध स्थापना गरी, ती देशहरूमा व्यापार का सम्भावनाका ढोकाहरु चीनबासी नेपाली ब्यापरीहरुको लागी खोल्ने व्यवस्था मिलाउने छु।

नेपालको लागि कम्तीमा पनि ३ महिनामा एकचोटी शिक्षा र स्वास्थ्य सम्बन्धी जनसेवा कार्यक्रम चलाउने छु। मेरो कार्यकालमा वर्ष मा १ चोटि नेपाल उत्सव सञ्चालन गरी नेपाली सीप ,कला र सामानको प्रबर्दन गर्ने माहोल बनाउने छु। गोनजाउमा बस्ने व्यापारी साथीहरू प्राय सबै जना उच्च शिक्षा हासिल गरेका र राम्रो सँग बसोबास गर्ने भएकोले वहाहरुले हाम्रालाई भन्दा राम्रालाई मत दिई आफ्नो स्वबिबेक प्रयोग गरी आफूलाई एनआरएन चीन को अध्यक्ष पदमा अत्याधिक बहुमतले जिताउनु हुनेछ भन्नेमा कुरामा आफू विश्वस्त रहेको बताए l

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू