अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २२:३४ | Colorodo: 10:49

कान्तिपुर दैनिकमा प्रकाशित समाचारप्रति मानव अधिकार आयोगको गम्भीर आपत्ती (विज्ञप्ती)

बिआरटीनेपाल २०७४ साउन १ गते ६:२९ मा प्रकाशित

‘शक्ति प्रदर्शनको होडबाजीले हिंसा’ शीर्षकको कान्तिपुर दैनिकको समाचारप्रति राष्ट्रिय मानव अधिकार आयोगले आपत्ती जनाएको छ । विचाराधीन अवस्थामै रहेको घटनालाई आयोग प्रति भ्रम फैलाउने तरिकाले गत असार २९ गते मंगलवार कान्तिपुर दैनिकमा प्रकाशित राष्ट्रिय मानव अधिकार आयोगसँग सम्बन्धित ‘शक्ति प्रदर्शनको होडबाजीले हिंसा’ शीर्षकको समाचारप्रति आयोगले गम्भिर आपत्ती जनाएको हो ।

सो समाचारलाई लिएर आयोगले आईतबार एक प्रेश विज्ञप्ती जारी गर्दै भ्रामक समाचार प्रकाशित गरिएको बिषयमा आफुहरुको गम्भिर ध्यानाकर्षण भएको बताएको छ ।

जारी विज्ञप्तीमा भनएको छ – ‘आयोगद्वारा सप्तरीको मलेठ घटनाको विस्तृत अनुसन्धान गरी प्रतिवेदन पेश गर्ने जिम्मेवारी सहित २०७३ साल चैत्र ३१ गते राष्ट्रिय मानव अधिकार आयोग ऐन, २०६८ को दफा ८ (१) बमोजिम सर्वोच्च अदालतका पूर्वन्यायाधीश श्री ताहिर अलि अन्सारीको संयोजकत्वमा फरेन्सिक विज्ञ डा. हरिहर वस्ती सहित आयोगका अधिकृतहरू सम्मिलित एक उच्चस्तरीय अनुसन्धान टोलीको गठन गरिएको थियो । उक्त टोलीद्वारा २०७४ जेठ २९ गते अनुसन्धान प्रतिवेदन का.वा. अध्यक्ष माननीय प्रकाश वस्ती ज्यू समक्ष बुझाइएको थियो । प्रतिवेदन प्राप्त भएपछि निर्णय पूर्व कानून बमोजिम पुर्याउनु पर्ने प्रक्रिया पुरा गर्ने क्रममा रही उक्त घटनाको उजुरी आयोगमा विचाराधीन अवस्थामै रहेको छ ।

उक्त प्रतिवेदन हालसम्म आयोगको बैठकमा छलफलका लागि पेश नगरिएको तथा पेश भएपछि छलफल भई निर्णय समेत हुन बाँकीे रहेको आयोग स्पष्ट पार्दछ । यस विषयमा आयोगको निर्णय हुनुपूर्व नै आयोगको निर्णय नै भएको जस्तो भ्रम पर्ने गरी प्रकाशित समाचारप्रति आयोग गम्भीर आपत्ति प्रकट गर्दछ । मानव अधिकारको अनुसन्धान कार्य गम्भीर विषय हुने र सोको दूरगामी असर समेत पर्ने भएकोले यस्तो प्रकृतिको समाचार प्रकाशन गर्दा आयोगको प्रतिक्रिया लिई जिम्मेवारीपूर्वक प्रकाशन गर्नको लागि समेत आमसञ्चार माध्यमलाई आयोग आग्रह गर्दछ ।

साथै, आयोगमा पेश भएका गोप्य लिखतबारे कसरी अनधिकृत सूचना प्रसार भयो भन्ने सम्बन्धमा आयोगले छानवीन शुरू गरिसकेको समेत जानकारी गराउन चाहन्छ ।’

 

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू