अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २१:०७ | Colorodo: 09:22

नेपाल योङ्मुदो संघको ललितपुर कार्यसमिति गठन

बिआरटीनेपाल २०७४ साउन १ गते ६:०७ मा प्रकाशित

नेपाल योङ्मुदो संघ अन्र्तगत ६ सदस्यीय ६ सदस्यीय ललितपुर जिल्ला तर्दथ कार्यसमिति गठन भएको छ । शनिबार राजधानीमा बसेको भेलाले फुपु तेन्जिङ शेर्पाको अध्यक्षतामा समिति गठन गरेको हो ।

नेपाल योङ्मुदो संघ ललितपुर कार्यसमितिमा उपाध्यक्ष नाजिर हसैन, सचिवमा मिलन शाक्य र कोषाध्यक्षमा दिनेशानन्द शाक्य चयन भएका छन् भने सदस्यमा मञ्जु श्रेष्ठ र कृष्ण भट्टराई रहेका छन् । सात सदस्यमध्ये एक जना सदस्य ललितपुर जिल्ला खलकुद परिषदले नियुक्त गर्नेछ ।

नेपाल योङ्मुदो संघ विशुद्ध खेलकुद संस्था हो । नेपाल योङ्मुदो संघका केन्द्रीय उपमहासचिव लोकेन्द्र आचार्यका अनुसार यो खेल दक्षिण कोरियाबाट भित्रिएको हो । यो खेल राष्ट्रिय खेलकुद परिषदमा १७२ औ नम्बरमा दर्ता छ ।

नेपाल योङ्मुदो संघले खेलकुदमार्फत शारीरिक सुगठन, अनुशासन र मेलमेलापको कार्य गर्ने आचार्यले बताए ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू