अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०१:०५ | Colorodo: 13:20

अमेरीकाको निती निर्माण तहमा नेपाली पुगेको हेर्न चाहन्छु – राजदुत कार्की

बिआरटीनेपाल २०७४ साउन १ गते २:०६ मा प्रकाशित

अमेरीकाकोलागी नेपाली राजदुत डा. अर्जुनकुमार कार्किले संखुवासभा कम्यूनिटी अफ यूएसएको अधिवेसन उद्धाटन गर्दै अमेरिकाको निती निर्माण तहमा नेपाली पुगेको हेर्न चाहेको बताएका छन् ।  कोलोराडो स्थित ¥याडीसन होटलमा महामहिम कार्किले संखुवासभा जिल्लाबाट अमेरीकोको बिभिन्न स्टेडमा बसोबास गर्ने नेपालीहरुको संस्था संखुवासभा कम्यूनिटी अफ यूएसएको दोश्रो अधिवेसन एक समारोह बिच उद्धाटन गरे । सोही उद्धाटन भाषणको क्रममा उनले अमेरीकामा बसेर नेपालको राजनिती गर्नु भन्दा अमेरिकामा राजनिती गरि निती निर्माण तहमा पुग्न सके त्यसबाट नेपालले धेरै फाईदा लिन सक्ने र आफुले त्यो हेर्न चाहेको बताएका हुन् ।

संखुवासभा कम्यूनिटी अफ यूएसएका अध्यक्ष शान्ति श्रेष्ठको सभापतित्वमा सम्पन्न कार्यक्रममा नेपालको झल्को दिनेगरी प्रमुख अतिथी र बिशेष अतिथीहरुलाई पञ्चकन्या र कुमारहरुले फुलमालाले स्वागत गरेका थिए । नेपालको राष्ट्रियगान र अमेरिकाको राष्ट्रियगान गाएर सुरुगरिएको कार्यक्रमको राजदुत कार्किले पानसमा बत्तीबालेर उद्धाटन गरेका थिए ।

समारोहमा संस्थाको १ सय ९० सदस्यहरु मध्ये सिनीयर सदस्य तथा आजिवन सदस्यहरुलाई प्रमाण पत्र प्रदान गरि खादा पहि¥याएर सम्मान गरिएको थियो । सोही समारोहमा संस्थालाई सहयोग गर्ने दाताहरुको सहयोग अनुसार लाईफ लङ , गोल्ड , प्लाटिनम र सिल्भरमा बर्गिकरण गर्दै उनीहरुलाई बिशेष सम्मान सहित धन्यबाद दिईएको थियो ।

कार्यक्रममा कोलोराडोमा सकृय संघ संस्थाका पदाधिकारी, व्यवसायी ,पत्रकार गन्यमान्य तथा सर्वसाधारणको बाक्लो उपस्थिती रहेको थियो । बिशेष अतिथीको आसनबाट हेल्पिङ हेण्डका अध्यक्ष नारायण श्रेष्ठ, लायन्स मनराम फाउण्डेसनका अध्यक्ष सुजन श्रेष्ठ, सिटी अफ आर्टेसिया क्यालीफोर्नियाका प्लानिङ कमिष्नार भक्त थापाले सुभकामना मन्तब्य दिएका थिए ।

उद्धाटनसत्र पछि सम्पन्न बन्दसत्रले पुःन शान्ति श्रेष्ठको अध्यक्षतामा ३१ सदस्सिय नया कार्य समिती निर्विरोध चयन गरेको छ । यसरी निर्बिरोध चयन हुनेहरुमा बरिष्ठ उपाध्यक्ष, पवन बराकोटी खनाल, उपाध्यक्षहरुमा मनिषा श्रेष्ठ, बेदनिधि दाहाल, मुकेश श्रेष्ठ, बिनोद गौली, महासचिव हरिकुमार श्रेष्ठ, सचिव पदमराज तमाङ र कोषाध्यक्ष नोयनाथ पोख्रेल रहेका छन् ।

त्यसैगरी अन्य पदाधिकारीहरुमा बिष्णु पौडेल सितल पब्लिक रिलेसन अफिसर, प्रमोद श्रेष्ठ प्लानिङ अफिसर, शरद श्रेष्ठ ईभेन्ट अफिसर, अनिमेष श्रेष्ठ टेक्निकल अफिसर रहेका छन् । यसैगरी कार्यसमितीका बोर्डअफ डिरेक्टरहरुमा चेतमान श्रेष्ठ, डिएन श्रेष्ठ, नेत्र पोख्रेल, किरण शोभा कार्कि, पदम थापा, रिपेन्द्र कार्कि, गणेश श्रेष्ठ, उत्तम श्रेष्ठ, कृष्णराज गीरी, सन्तोष काले, मिना माष्के, बिक्रम श्रेष्ठ रहेका छन् । बांकी छ जना अध्यक्षले मोनोनित गर्ने महासचिव हरिकुमार श्रेष्ठले बताएका छन् । कार्यक्रमको अन्त्यमा अध्यक्ष शान्ति श्रेष्ठले कार्यक्रममा उपस्थितहुने र कार्यक्रम सफलताका साथ सम्पन्न गर्न सहयोग पु¥याउने सबैलाई धन्यवाद दिएकी थिईन् ।

 

 

 

 

 

प्रतिक्रिया